बाँकेको नेपालगंजबाट गएको बिशेषज्ञ चिकीत्सकको एउटा टोलिले ३ सय बढि जेष्ठ नागरिकहरुलाई स्वास्थ्य सेवा उपलब्ध गराएको छ । स्थानिय युवा समाजसेवी कुल बहादुर बिकको समन्वय सहकार्यमा औषधी सहित गएको चिकीत्सकको टोलीले स्वास्थ्य सेवा उपलब्ध गराएको हो ।
शनिबार बर्दियाको सोरहवा प्राथामिक स्वास्थ्य केन्द्रमा संञ्चालन गरिएको जेष्ठ नागरिकहरुको लागी निशुल्क स्वास्थ्य शिविरबाट आफनो घर छेउमै सेवा लिन पाएपछि स्थानिय जेष्ठ नागरिकहरु पनि निकै खुसी भएका थिए ।
बढैयाताल गाउँपालिका वडा नम्बर ३ मा संञ्चालन गरिएको एक दिने स्वास्थ्य शिविरमा प्रमुख कन्सल्टेन्ट सर्जन डाक्टर श्याम सुन्दर यादव, कन्सल्टेन्ट गाइनोक्लोजिस्त डाक्टर कल्पना थापा, कन्सल्टेन्ट फिजिसियन डाक्टर अलता बान राही लगायतका चिकीत्सकको टोलीले जेष्ठ नागरिकलाई स्वास्थ्य सेवा उपलब्ध गराएको हो ।
बढैयाताल गाउँपालिका कार्यालय, वडा नम्बर ३ को वडा कार्यालय, सोरहवा प्राथामिक स्वास्थ्य केन्द्रको संयुक्त प्रयासमा स्वास्थ्य शिविर आयोजना गरिएको थियो । यो बर्षको यो पहिलो स्वास्थ्य शिविर भएको प्राथामिक स्वास्थ्य केन्द्रका प्रमुख डाक्टर प्रतिमा भण्डारीले जानकारी दिनुभयो । जेष्ठ नागरिकहरुमा सुगर, प्रेसर, पाठेघर सम्बन्धि समस्या देखिएको र जटिल खालका बिरामीलाई उपचारका लागी नेपालगंज रिफर गरिएको प्रमुख डाक्टर भण्डारीले बताउनुभयो ।
स्वास्थ्य शिविरको उद्दघाटन बढैयाताल गाउँपालिका कार्यालयका उपप्रमुख दिपा गौतमले गर्नुभएको थियो भने स्वास्थ्य शाखा प्रमुख बिष्णु पौडेल, वडा नम्बर ३ का वडाध्यक्ष दुर्गा पराजुली, कार्यपालिका सदस्य चन्द्रकला बिक, स्थानिय समाजसेवी तथा बुद्धिजिवी वर्ग लगायतको उपस्थिती रहेको थियो । स्थानियको घरछेउमै पुगेर बिशेषज्ञ स्वास्थ्य सेवा दिएको भन्दै चिकीत्सक सहितको टोलीलाई बिशेष धन्यबाद दिदै मायाको चिनो समेत प्रदान गरिएको थियो । -प्रेम विश्वकर्मा, बर्दिया