लि पावहुवा चीनीया पर्यटन संगठनका अध्यक्ष हुनुहुन्छ । १ हजार ५ सय ६ भन्दा बढी चीनीया पर्यटन ब्यवासायिहरुका अध्यक्षको रुपमा उहाँले हाल नेतृत्व गरि रहनुभएको छ । पावहुवा सांङसी प्रान्तको सिआन प्रान्तमा बस्नुहुन्छ । उहाँले एयरलायन्स, ¥याप्टिङ्ग लगायत थुप्रै पर्यटन ब्यवासाय सञ्चालन गरि रहनुभएको छ । नेपालमा पर्यटनको संम्भाब्यता अध्ययनका लागी ३ सदस्यीय चीनीया पर्यटन ब्यवासायिको टोलीले तिहार अघि नेपालका विभिन्न पर्यटकीय स्थल अवलोकन गरेको छ । टोलीमा चीनीया पर्यटन अन्र्तराष्ट्रिय विभाग प्रमुख रेन लियाङ लियाङ, पर्यटन बिज्ञ लि हाइ थाओ लगायतका उच्च पदस्त ब्यक्तीहरु सहभागी हुनुहुन्थ्यो । सिल्क रोड इन्टरनेशनल टुरिजम डेभलपमेन्ट काउन्सिलमा समेत आवद्ध सो टोलीले नेपालको लुम्बिनी, बर्दिया राष्ट्रिय निकुञ्ज, कर्णाली, कैलाली, त्रिशुली, काठमाडौं लगायतका विभिन्न पर्यटकिय स्थल भ्रमण गरी चीनीया पर्यटक नेपाल भित्रउन संम्भाब्यता अध्ययन गरीसकेको छ । प्रस्तुत छ यसै सन्र्दभमा पत्रकार भीम उचै ठकुरीले लि पावहुवा सँग गर्नुभएको कुराकानी :
१. तपाईले नेपालका विभिन्न पर्यटकीय स्थानहरु अध्ययन गर्नु भयो ? नेपाल कस्तो लाग्यो ?
नेपाल अत्यन्तै सुन्दर छ । हिमाल पहाड तराई पर्यटकिय संम्भावनाले भरीपुर्ण छन । चीनीयाहरुलाई नेपालको निकुञ्ज, सुन्दर हिमाल, प्राकृतिक ताल, पर्यटकिय स्थल, दुर्लभ वन्यजन्तुका बारेमा, लुम्बिनी लगायतका ठाउँको बारेमा कमै जानकारी छ, त्यसैले यसका बारेमा चीनीया नागरिकहरुलाई हामीले जानकारी गराउनु पर्दछ ।
२. नेपालीहरु प्रति आम चीनीया नागरिकहरुले कस्तो भावाना राख्नु हुन्छ ?
नेपालीहरु प्रति आम चीनीया नागरिकहरु अत्यन्तै सम्मान ब्यक्त गर्छन । नेपाल हाम्रो छिमेकी मात्रै होइन, एउटा सुन्दर देश पनि हो भन्ने बुझ्छन । हामीले पनि नेपालमा थुप्रै सम्मान पायौ, हामी यो कहिल्यै बिर्सने छनौं ।
३. तपाईले नेपालमा चीनीया पर्यटक भित्रउन कस्तो भुमिका निर्वाह गर्नुहुन्छ ?
हामीले चीनीया नागरिकहरुलाई नेपाल सुन्दर छ, प्राकृतिक रुपमा विभिन्न संम्भावनाले भरीपुर्ण छ । हामी नेपालको सुन्दरता हेर्न, रमाउन चीनीयाहरु नेपाल भ्रमण गर्न जाऊ भनी सक्रिय भुमिका खेल्छौं । नेपालबाट चीनका लागी ५ वटा डाइरेक्ट फलाइटहरु छन । अब यसको संख्या बढाउनु पर्ने देखिन्छ । हामीले नेपालको सुन्दरता आफनै आँखाले देख्यौं, हामी चीनीया मिडिया, चीनीया पर्यटन ब्यवासायिहरुलाई वास्तवमै भन्ने छौं, नेपाल धेरै सुन्दर छ, चीनीयाहरु नेपाल घुम्न जानै पर्छ ।
४. यस बर्ष करिब २० करोड चीनीया नागरिकहरु विश्व भ्रमणमा निस्कने चीनीया प्रक्षेपण छ, उनीहरुलाई नेपाल ल्याउन नेपालका तर्फबाट के पहल गरिनु पर्छ ?
नेपाल सरकारले चीनका नागरिकहरुलाई फ्रि भिसा दिएको छ । यसले चीनीया नागरिकहरु धेरै उत्साहित छन । उनीहरु वास्तवमै नेपाल भ्रमण गर्न आउन चाहान्छन । नेपालले चीनको जस्तै हाइस्पिड एक्सप्रेस ट्रेन (सिआरएच), हाइस्पिड हाइवे बनाउनु पर्छ । जसले चीनीयाहरु छिटो नेपाल आइपुग्न सक्छन । प्रतिक्षा गरौं, छिटै ट्रेनको यात्रा गर्ने छौं । नेपालमा एयरपोर्टका संख्यामा पनि वृद्धि गरिनु पर्छ ।
५. आगामी मार्च महिनामा चीनमा विश्वका ३३ भन्दा बढी देशको पर्यटन एक्सपो हुदै छ, नेपालले कसरी त्यहाँ भाग लिन सक्छ ?
हामीले नेपाललाई गेष्ट कन्ट्रिका रुपमा सहभागीता गराउदै छौं, त्यो सिल्क एक्सपोमा नेपालको पर्यटन बोर्डले स्टल बुकिङ्ग गरीसकेको छ । प्रत्येक बर्षको मार्चमा हामीले पर्यटन एक्सपो आयोजना गछौं । एक्सपोमा विश्वका ठुला–ठुला पर्यटन ब्यवासायिहरु, बीग हाउस मिडिया, पर्यटन निगमहरु आउने गर्दछन । विश्वभरी नेपालको पर्यटकिय पहिचान दिन यो ठुलो अवसर हो । नेपालीहरुले आफनो जिल्लाको पर्यटकीय स्थल, नदी, प्राकृतिक ताल, बाघ, गैडा, हात्ति, दुर्लभ जनावर कृष्णसार, राष्ट्रिय निकुञ्ज, लुम्बिनी क्षेत्र, यहाँका आदीवासीहरुको कला संस्कृति, मनै लोभ्याउने हिमाल, देशका सबै प्राकृतिक मनोरम सम्पदाका बारेमा विश्व समुदायलाई जानकारी गराउनुहोस । यो निकै महत्वपुर्ण अवसर हो नेपालका लागी ।
६. नेपालले पर्यटकीय सम्पदाहरु कसरी संरक्षण गर्नु पर्छ जस्तो लाग्छ, तपाईलाई ?
नेपालले धेरै प्राकृतिक सम्पदाहरु संरक्षण गरेको छ । यस कुरामा नेपाल चीनभन्दा धेरै अघि छ । हामी तपाईहरुलाई यि सबै कुराहरु बचाउनु भएकोमा धन्यवाद दिन चाहान्छौं । बिशेष गरी नेपालले नदी, प्राकृतिक सम्पदाहरु, पर्यटकीय स्थानहरुमा प्लाष्टिक मुक्त क्षेत्र बनाउनु पर्छ । किन भने प्लाष्टिकले जहाँ त्यही फोहोर र अब्यवस्थित देखिन्छ । र प्राकृतिक सम्पदाहरु बचाउन सरकार, प्रदेश, स्थानिय तह, आम नेपाली सबैले साझा रुपमा काम गर्नुपर्ने देखिन्छ ।
७. चीनले आफना प्राकृतिक सम्पदाहरु कसरी गरी राखेको छ ?
आधुनिक चीनको निर्माणमा माओले साङसी प्रान्तमा रेड सिटी निर्माण गर्नुभएको थियो । माओले ३० हजार जनमुक्ती सेना सहित युद्ध लडेको उद्दगम स्थल याङगाङ सिटी पछि पर्यटकीय क्षेत्रको रुपमा बिकास गर्नुभएको थियो । उहाँ १० बर्ष सम्म कार्यालय खोली त्यहाँ बस्नुभएको थियो । माओले लड्नुभएको लडाईले आजको विशाल आधुनिक चीनको निर्माण भएको छ । चीनीयाहरुलाई शासकहरुबाट मुक्ती दिन उहाँले थुप्रै बलिदानी दिनुभयो, हामी उहाँलाई सम्मान गछौं । यसलाई चीनीया नागरिकहरुले उदाहरण र सम्मानको रुपमा लिन्छन । यस्ता थुप्रै प्राकृतिक सम्पदाहरु, दुर्लभ रेडपाण्डा लगायत धेरै पर्यटकिय स्थानहरु संरक्षण गरी विश्व पर्यटन र आन्तरिक पर्यटनका लागी सरकारले नै संरक्षण गरी राखेको छ । अरु थुप्रै कामहरु अघि बढी रहेका पनि छन ।
(अन्र्तवार्ता चीनीया सिसि टेलिभिजनका नेपाल प्रतिनिधि देवराज जैसीले चीनीया भाषालाई नेपालीमा रुपान्तरण गरी यो सामाग्री तयार गरिएको हो ।)
चीनीया टोलीको पर्यटन संम्भाब्यता अध्ययन पछिको प्रतिक्रिया
१. तिलकराम शर्मा (हिमाल) सांसद प्रदेश नम्बर ५
चीनीया टोलीलाई बिशेष गरेर चीनीया सिसि टेलिभिजनका नेपाल प्रतिनिधि देवराज जैसी जी र मेरो पहलमा पहलमा निम्तिो गरेका थियौं । उहाँहरु आउनुभयो, लुम्बिनी, बर्दिया लगायतका थुप्रै ठाउँहरु पनि अवलोकन गर्नुभयो । बिशेषगरी चीनीया पर्यटकहरु नेपाल भित्रउने कुरा चानेचुने कुरा थिएन । हामीले वास्तवमै जनताको जीवन स्तर उकास्नका लागी नेपालमा पर्यटनले समृद्धि ल्याउछ भन्ने कुरामा दुईमत छैन । नेपालको समृद्धिमा चीनले ठुलो भुमिका निवार्ह गर्न सक्छ । चीनीया टोलीले अब चीन फर्किए पछि वास्तवमा नेपालको पर्यटकिय क्षेत्रहरुको बारेमा जानकारी गराउने छ । चीनीया मिडियाहरु पनि आकार्षित हुनेछन, र साँच्चै नै नेपाललाई पर्यटकिय गन्तब्यका रुपमा महत्व दिनेछ ।
२. केबी शाह (प्रबन्धक नेपाल पर्यटन बोर्ड)
हामीले चीनीया टोलीको पर्यटन संम्भाब्यता अध्ययन पछि नेपाल पर्यटन बोर्डले चीनमा आगामी मार्चमा हुन लागेको एक्सपोमा भाग लिने निर्णाय ग¥यौं । नेपालको लागी भारत पहिलो पर्यटकिय गन्तब्य थियो तर केही बर्ष भित्र चीनीया पर्यटक नेपाल भित्रीने विश्लेषण गरेका छौं । चीनीया टोली आउनु नेपालका लागी धेरै सुखद हो । लि सर लगायतका चीनीया टोली सँग हामीले भेटघाट ग¥यौं । नेपाललाई चीनीया पर्यटक भित्रउन जस्तो सुकै सहयोग गर्ने उहाँले बताउनुभयो । हामी निकै उत्साहित छौं । एक्सपोमा भाग लिन पाउनु नेपालका लागी ठुलो अवसरका रुपमा पनि लिएका छौं ।
३. राम बहादुर कुरुबाङ (प्रमुख जिल्ला अधिकारी बर्दिया)
विशाल चीन छिमेकी मित्र राष्ट्र मात्र होइन, ठुलो आर्थिक समृद्धि हासिल गरेको राष्ट्र हो । चीनको थोरै मात्रै पर्यटक पनि नेपाल भित्राउन सके भने समग्र नेपालको आर्थिक समृद्धिको ढोका खुल्न सक्छ । हालै उहाँले नेपालका विभिन्न ठाउँ लगायत बर्दियाको भ्रमण गर्नुभएको छ । बर्दिया जिल्ला कृर्षिमा आत्मर्निभर भएको जिल्ला हो । तर पर्यटनको थुप्रै संम्भावना बोकेको जिल्ला हो । चीनीया पर्यटक ल्याउन सके समृद्धिको ढोका खुल्ने छ । यो कोशेढुङगा सावित हुने छ । साथै स्थानिय सरकारहरुलाई पर्यटकीय संम्भावनाका लागी पहल गर्न बिशेष आग्रह पनि गरेको छु । म धेरै आसावादी छु ।
४. मुक्तिनाथ यादव (नगरप्रमुख गुलरिया नगरपालिका)
हाम्रो नगरपालिका क्षेत्रमा रहेको दुर्लव वन्यजन्तु कृष्णसार लगायतका पर्यटकिय स्थलको चीनीया प्रतिनिधि मण्डलको टोलीले अध्ययन गरेको छ । स्वागत गर्न पाउँदा हामी गुलरिया नगरबासी हर्षित छौं । गुलरिया नगरपालिका मात्र नभई बर्दिया जिल्ला र समग्र देशकै लागी एउटा राम्रो अवसर हो । पर्यटन क्षेत्रमा विकास हुने आसा गरेका छौं ।
५. लाल बहादुर श्रेष्ठ (बढैयाताल गाउँपालिका अध्यक्ष)
चीनको बिशेष टोलीले हाम्रो गाउँपालिकाको बढैयाताल पनि अवलोकन ग¥यो । प्राकृतिक सम्पदा बचाएको हुनाले हामीलाई धन्यवाद पनि दिनुभयो । चीनीया पर्यटक यहाँ आउने कुराले म अत्यन्तै खुसी छु । समग्र देश सँगै हाम्रो जिल्ला पनि समृद्धि तिर लाग्ने छ भन्नेमा म विश्वस्त छु ।
६. दुर्गा बहादुर थारु (कबिर) (नगरप्रमुख बारबर्दिया नगरपालिका)
चीन हाम्रो छिमेकी मित्र मात्र नभएर एउटा असल, घनिष्ठ छिमेकी पनि हो । विशाल अर्थतन्त्र भएको चीनले नेपालमा आफना पर्यटकहरु भित्रउन पहल गर्नु नेपालीका लागी साह्ै सुखद हो । चीनीया टोलीले हाम्रो बारबर्दिया नगरपालिका भित्रका पर्यटकीय गन्तब्यहरुको पनि अवलोकन ग¥यो । नेपालको समृद्धिमा कोशे ढुङगा सावित हुनेछ भने मैले ठानेको छु ।
७. गणेश केसी (कृष्णा) नगर प्रमुख मधुवन नगरपालिका
चीनीया पर्यटन टोलीले हाम्रो मधुवन क्षेत्रको पनि अवलोकन ग¥यो । हामी स्वागत गर्न पुगेका थियौं । चीनीया पर्यटन संगठनका अध्यक्षले यहाँका थारु आदीवासीहरुको संस्कृती, नृत्य, होमस्टे लगायतका ठाउँहरु अवलोकन गर्नुभएको थियो । उहाँहरु प्राकृतिक सौन्दर्य र बाघ, गैडा, हात्ति जस्ता दुर्लव वन्यजन्तु यो ठाउँमा संरक्षण गरेकोमा हामीलाई धेरै धन्यवाद र हौसला प्रदान गर्नुभयो । हामी पनि धेरै उत्साहित भएका छौं । चीनीया मन्त्री स्तरिय टोलीलाई नै बर्दिया निमन्त्रणा गर्नुपर्छ भन्ने पक्षमा छु । नेपालको पर्यटन समृद्धिमा चीनीया पर्यटकहरु आउने कुराले हामी मधुवन बासीहरु धेरै खुसी भएका छौं ।
८. टंक प्रसाद अधिकारी वडा अध्यक्ष गुलरिया नगरपालिका २ बर्दिया
चीनीया टोलीले मेरो वडामा रहेको विश्वकै दुर्लभ जनावर कृष्णसार पनि अवलोकन ग¥यो । चीनीया टोलीबाट हामी धेरै खुसी छौं । चीनीया पर्यटक भित्रीने कुराले हाम्रो खुसीको सिमा नै छैन ।
९. गेहेन्द्र ढकाल (युवा नेता नेकपा बर्दिया)
हामी चीनको बिशेष टोली प्रति साह्ै आभारी छौं । चीनका पर्यटकहरु नेपाल भित्र्नु साह्ै खुसीको कुरा हो । यसले रोजगारीको अवसर प्रदान गर्ने छ । हामी युवाहरु अत्यन्तै खुसी छौं ।
१०. रामजी थापा सञ्चालक (गैडा क्याम्प रिसोट ठाकुरद्धारा बर्दिया)
म पर्यटन ब्यवासायिका नाताले ठाकुरद्धारा र बर्दिया राष्ट्रिय निकुञ्जमा चीनीया पर्यटक आउने कुराले धेरै उत्साहित भएको छु । चीनीया पर्यटकहरु नगन्य मात्रामा नेपाल भित्र्ने गर्थे, अब नेपाल सगैं हाम्रो ठाकुरद्धारामा पनि आउछन भन्दा साह्ै खुसी लागेको छ ।
११. धनिराम शर्मा, ऋतुविचार, (केन्द्रिय अध्यक्ष नेपाल पर्यटन पत्रकार महासंघ)
वास्तवमा नेपालको पर्यटन समृद्धि गर्ने ठुलो बजार चीन हो । चीनीया पर्यटक नेपाल भित्रीने कुरा साह््रै खुसीको कुरा हो । विश्वमा चीन लगानी, प्रविधि, रोजगारी, बिकासमा अगाडि रहेको छ । नेपालका पर्यटकीय संम्भाब्यता अध्ययन गर्न चीनीया टोली आउनु नेपालको ठुलो अवसर हो । यसले देशका नागरिकहरुको आर्थिक समृद्धिमा ठुलो परिवर्तन गर्ने छ । २० करोड चीनीया नागरिकहरु विश्व भ्रमण गर्ने चानेचुने कुरा होइन । केही प्रतिशत मात्रै चीनीया पर्यटक नेपाल भित्रा्उन सक्यौ भने ठुलो उपलब्धी हुनेछ ।
१२. माधव चापागाई (उपाध्यक्ष, पर्यटन पत्रकार संघ, बर्दिया)
पर्यटन पत्रकारका नाताले हामीहरु साह्ै उत्साहित छौ । हामी चीनीया टोलीलाई बिशेष आभार ब्यक्त गर्न चाहान्छौं । पर्यटन राष्ट्र समृद्धिको ठुलो उद्योग हो ।