बिश्व ठकुरी समुदयायको साझा थलो ठकुरी सहयोग संजालले बलत्कारीलाई मृत्यु दण्डको सजाय हुनु पर्ने माग सहित हस्ताक्षर अभियानको सुरुवात गरेको छ । आज संजालको केन्द्रिय कार्यलय नक्सालमा आयोजित तीज कार्यक्रमको अवसरमा उक्त अभियानको सुरुवात गरिएको हो ।
देशमा बढ्दो यौन हिंसा र बलत्कारका घटनाहरुलाई मध्य नजर राख्दै संजालले सरकारलाई मृत्यु दण्डको कानुन बनाउन दबाब स्वरुप हस्ताक्षर अभियानको सुरुवात गरेको हो । समाज प्रतिको ठकुरी समुदायको उत्तरदायित्व स्वरुप यो अभियान संचलन गरेको संजालका अध्यक्ष रेशम जंग शाहले बताए । अध्यक्ष शाहको हस्ताक्षरबाट सुरु गरिएको अभियानमा आजै सयौले एक्केबद्धता जनाइ सकेका छन् । करिब एकहप्ता सम्म चल्ने हस्ताक्षर अभियान राजधानी लगायत संजालका शाखा रहेका संपुर्ण जिल्लाहरुका सार्वजानिक स्थान र बिदेशमा समेत चल्ने संजालले बताएको छ ।
करिब लाखौको हस्ताक्षर संकल गरेर सरकारलाई बुझाउने संजालको योजना रहेको छ ।