आम ग्राहक वर्गहरुको मागलाई ध्यान दिदै थप नयाँ ब्यवस्थापनका साथ नेपालगंज सुर्खेतरोडमा रनर्स मोटरसाइकलको विक्री वितरण कार्य शुरु भएको छ । रनर्स मोटरसाइकलको आधिकारिक विक्रेता भुपेन्द्र अटो मोबाइल्स नेपालगंजले विक्री वितरणको कार्य शुरुवात गरेको हो । यसको औपचारिक उद्दघाटन आज नेपालगंज उपमहानगरपालिकाका कार्यबाहक नगरप्रमुख तथा वडा नम्बर एकका वडाध्यक्ष प्रमोद रिजाल र नेपाल पत्रकार महासंघ बाँके शाखाका उपाध्यक्ष रुपा गहतराजले संयुक्त रुपमा गर्नुभयो ।
उद्दघाटन समारोहलाई सम्बोधन गदै कार्यबाहक नगरप्रमुख प्रमोद रिजालले भर्खरैका युवा, नयाँ जोस जाँगारका साथ अटो मोबाइल्स क्षेत्रमा काम गर्न लागी परेको भन्दै बधाई सहित ब्यवासायिक सफलताको शुभकामना ब्यक्त गर्नुभयो । नेपाली बजारमा मोटर साइकल विलासीताको साधान हो की आवाश्यकता भन्ने विषयमा बहस एकातिर भईरहेका बेला अर्को तर्फ महंगो भण्सार शुल्कले गर्दा आफना चाहना मार्नु पर्ने अवस्था देखिएको भन्दै यसलाई सहज, सर्वसुर्लव र आवाश्यकताको विषयमा सरकारले राख्नुपर्ने बताउनुभयो ।
यसैगरी नेपाल पत्रकार महासंघ बाँके शाखाका उपाध्यक्ष रुपा गहतराजले पनि आम ग्राहक वर्गमैत्री सेवा प्रवाह गर्न आग्रह गदै ब्यवासायिक सफलताको शुभकामना पनि ब्यक्त गर्नुभयो । भुपेन्द्र अटो मोबाइल्सका संञ्चालक तथा प्रबन्ध निर्देशक भुपेन्द्र रानाको सभाध्यक्षतामा आयोजित उद्दघाटन समारोहमा नेपालगंज उपमहानगरपालिकाका इन्जिनियर सुरज शर्मा, ब्यवासायि बिकास राना, आइएमइ इन्सुरेन्स नेपालगंजका प्रमुख रबि सिंह महतारा, अटो मोबाइल्सका सल्लाहकार नर बहादुर दर्लामी लगायतको सहभागीता रहेको थियो ।
सहभागी अतिथिहरुलाई स्वागत गदै अटो मोबाइल्सका सञ्चालक भुपेन्द्र थापा मगरले बङलादेशमा बनेको रनर्स मोटरसाइकलका बारेमा विस्तृत जानकारी गराउनुभएको थियो । विगत २ वर्ष देखी नेपालीको आवाश्यकता र चाहनालाई मध्यनजर गरी निर्माण गरिएको मोटर साइकलले छोटो समयमै धेरैको मन जित्न सफल भएको छ ।
भुपेन्द्र अटो मोबाइल्सले सबै कम्पनीका मोटरसाइकलहरुको फ्रि सर्भिस गर्नुका साथै रनर्स मोटर साइकलको इन्जिनमा ६ बर्षको ग्यारेन्टी तथा १२ पटक सम्म सर्भिस फ्रिको सुविधा आम ग्राहक वर्गहरुलाई उपलब्ध गराउने पनि जनाएको छ । ८० सिसि देखी १ सय ५० सिसि सम्मका विभिन्न मोडेलमा अडर अनुसार मोटर साइकल, स्कुटीहरु ग्राहक माझ पु¥याउने अटो मोबाइल्सको योजना छ ।