यो सम्मानीत पेशा, ब्यवासाय हो, बेरोजगार रहेका महिलालाई भारत लगायतका खाडि मुलकमा बेचिनबाट जोगाउने र आत्र्मनिभर बनाउने माध्यम पनि हो, जातिय, वर्गिय उत्पीडनबाट दबीएर रहेका महिलाहरुको जीवन उकास्नका लागी पनि सौन्दर्यकला ब्यवासाय महत्वपुर्ण छ ।
सौन्दर्यकर्मीका मागप्रति मधुवन सरकार बर्दियाले सकारात्मक प्रतिक्रिया दिएको छ । सौन्दर्यकला ब्यवासाय, पेशामा आवाद्ध रहनुभएका सौन्र्दयकर्मीका पक्षमा मधुवन सरकारले बजेटको ब्यवस्था समेत गरेको पाईएको छ ।
मधुवन सरकार नगर प्रमुख गणेश बहादुर केसी (कृष्ण) ले शनिबार आयोजित तीज बिशेष शुभकामना कार्यक्रमलाई सम्बोधन गदै भन्नुभयो, “सौन्दर्यकर्मीको क्षमता अभिवृद्धि गर्नका लागी हामी प्रतिबद्ध छौ, हौसला सँगै प्रोत्साहन पनि गर्दछौं, संगठीत रुपमा आउने सौन्दर्यकर्मीहरुका योजना कार्यक्रमलाई हामी प्राथामिकता दिन्छौं र यसपटक ४, ५ लाख रुपैया जति बजेट पनि ब्यवस्था गरेका छांै, सबै सौन्दर्यकर्मीहरु एकजुट भई लाग्नुहोस, हाम्रो शुभकामना छ ।”
आफुहरुले सौन्दर्यकला ब्यवासायलाई असर पर्ने गरी कुनै किसिम्मको कर, भ्याट नलगाएको भन्दै केन्द्रिय सरकारले लगाएका विषयमा छलफल गर्ने उहाँले बताउनुभयो । यसैगरी मधुवन सरकारका उपप्रमुख शुभरानी थारुले स्वास्थ्य र सरसफाई मात्र नभई सौन्दर्यकला ब्यवासाय एउटा जिविकोपार्जन सँग जोडिएको विषयभएकाले दृढ विश्वासका साथ लाग्न सौन्र्दयकर्मीलाई आग्रह गर्नुभयो ।
उहाँले भन्नुभयो, “पहिले जस्तो सामाजिक दृष्ट्रिकोण छैन, परिवर्तन भईसकेको छ, यो सम्मानीत पेशा, ब्यवासाय हो, बेरोजगार रहेका महिलालाई भारत लगायतका खाडि मुलकमा बेचिनबाट जोगाउने र आत्र्मनिभर बनाउने माध्यम पनि हो, जातिय, वर्गिय उत्पीडनबाट दबीएर रहेका महिलाहरुको जीवन उकास्नका लागी पनि सौन्र्दयकला ब्यवासाय महत्वपुर्ण छ ।”
राष्ट्रिय सौन्दर्यकर्मी युनियन नेपाल, जिल्ला शाखा बर्दियाले आयोजना गरेको कार्यक्रममा पुग्नुभएका वडानम्बर ७ मधुवन सरकारका वडाध्यक्ष राजेन्द्र हमालले पनि सौन्र्दयकर्मीका पक्षमा काम गर्न आफु तयार रहेको भन्दै पेशा, ब्यवासायको अवस्था बारेमा आफुलाई जानकारी गराउँदा अझ उपयुक्त हुने बताउनुभयो । उहाँले भन्नुभयो, “वडा नम्बर १ देखी ९ सम्मका वडाध्यक्षहरुलाई आग्रह गर्नुहोस, हामी सकारात्मक छौं ।”
प्रेस क्लव अफ नेपाल (पीसिएन) का केन्द्रिय अध्यक्ष यमनाथ घिमीरेले सौन्र्दय र स्वास्थ्य बिना शरीरको संम्भव छैन भन्दै सौन्र्दयकर्मीको दक्षता अभिवृद्धिमा जोड् दिनुभयो । राष्ट्रिय सौन्र्दयकर्मी युनियन नेपाल जिल्ला शाखा बर्दियाका अध्यक्ष लक्ष्मी थारुको अध्यक्षतामा भएको तीज बिशेष शुभकामना कार्यक्रममा महिला अधिकारकर्मी मन्जु शर्मा, निर्मला गौतम, सौन्र्दयकर्मीका अगुवा महिला रेजिना रावल, खमाया श्रेष्ठ, निर्मला मल्लले पनि आफना धारणा राख्नुभएको थियो ।
सौन्र्दयकर्मी सबैलाई सम्मान अवसर प्रदान गरिनुपर्ने, फुटेर होईन, जुटेर पेशालाई ब्यवस्थित, सम्मानित, मर्यादित बनाउनुपर्ने र सधैव सकारात्मक सोचका साथ इमानदार भइ लाग्नुपर्र्नेमा उहाँलेहरुले जोड् दिनुभएको थियो । कार्यक्रममा उद्यमी महिला बिनु बडुवाल लगायत जिल्लाका ८ वटै स्थानिय तहबाट प्रतिनिधित्व हुने गरी सौन्र्दयकर्मीहरुको उल्लेख्य सहभागीता रहेको थियो ।
सौन्दर्यकर्मीलाई सम्मान
सोही कार्यक्रममा ५ जना सौन्दर्यकर्मीहरुलाई सम्मान पनि गरिएको छ । सौन्र्दयकर्मी सृजना बडुवालका अनुसार मधुवन सरकारका नगर प्रमुख गणेश बहादुर केसी (कृष्ण) र उपप्रमुख शुभरानी थारुले अबिर टिका लगाई सम्मान पत्रले सम्मान गर्नुभएको हो ।
सम्मानित हुनेहरुमा पदमा सुवेदी, रेजिना मल्ल, खमाया श्रेष्ठ, हरिमाया पौडेल र कल्पना भण्डारी हुनुहुन्छ । यस्ता खालका कार्यक्रमलाई आगामी दिनमा पनि निरन्तरता दिदै जाँदा राम्रो हुने सम्बद्धको सुझाव छ ।
सहयोगको अपेक्षा
देश संघियतामा गई सकेपछि धेरै जसो संघ–संस्था, संगठनहरु संघिय प्रणाली अनुसार सञ्चालन हुन थालेका छन । त्यसै क्रममा राष्ट्रिय सौन्दर्यकर्मी युनियन नेपाल पनि अब प्रदेश स्तरमा जाने तयारीमा छ ।
आम सौन्दर्यकर्मीहरुको हकहितमा क्रियाशिल संगठनको पाँच नम्बर प्रदेश स्तरिय कमिटी बनाउने योजना रहेकाले त्यसको नेतृत्वमा आफनो पनि दाबी रहने अध्यक्ष लक्ष्मी थारुले बताउनुभएको छ । उहाँका अनुसार चाँडै नै जिल्ला शाखाहरु खारेज हुनेछन ।
उहाँले भन्नुभयो, “अहिले सम्म बर्दिया जिल्ला शाखाको अध्यक्ष भई काम गर्ने अवसर पाए, सहभागीता जनाई मनोबल उच्च बनाउने काम गर्नुभएको छ, अझ पनि धेरै राम्रो काम गर्ने सोच छ, यसमा तपाईहरुको साथ र सहयोगको ठुलो अपेक्षा राखेको छु, हाम्रो पेशा प्रति हामी गौरव गर्नुपर्छ ।”
साभार : http://radiomorningstar.com.np//news-details/3178/2018-08-26