अनलाईननेपालगंज डटकम :
सस्पेन्स कथाले भरिएको चलचित्र “ब्ल्याक समर” जसको धेरैलाई प्रतिक्षा छ | यो चलचित्र निर्माण भएको लामो समय भईसक्यो तर नेपालमा भने अझै प्रदर्शन भएको छैन | अहिले यो चलचित्र विदेशको प्रदर्शनमा नै ब्यस्त रहेको छ | विदेशको सम्पूर्ण प्रदर्शन सकेर मात्र नेपालमा यो चलचित्र रिलिज गर्ने निर्माण पक्षले जानकारी दिएको छ | सम्भवत यहि वर्ष नै यो चलचित्र नेपालमा रिलिज हुने सम्भावना देखिएको छ यद्दपी कुनै आधिकारिक जानकारी नै भने अहिले आएको छैन | तर चलचित्रको विषयमा नया कुरा बाहिर आएको छ | चलचित्रको यहि सेप्टेम्बर ९ मा बेलायतमा विशेष शो हुदैछ |
विदेशमा रहनु भएका दर्शकहरुको लागि भने यो राम्रो मौका हुनेछ | निर्माण पक्षले दिएको जानकारी अनुसार यहि आउँदो सेप्टेम्बर ९ तारिखमा बेलायतको अल्डरसट स्थित ईमपाईर हलमा साझ ६ बजे चलचित्र “ब्ल्याक समर” को विशेष शो गरिने भएको छ | निर्माण पक्ष अहिले यहि शो को लागि प्रचार प्रसारमा कुदिरहेको छ | निर्माण पक्षले उक्त विशेष शो मा उपस्थितिको लागि पनि सबै नेपाली दर्शकहरुलाई आमन्त्रण समेत गरेको छ | सेप्टेम्बर ९ को विशेष शो को लागि निर्माण पक्षले चलचित्रको टिकटको लागि ०७८२८६६५४८७ र ०७४७४६१२९३९ गरी २ नम्बर उपलब्ध गराएको छ |
चलचित्र हेर्न इच्छुक व्यक्तिहरुले उपलब्ध गराइएको २ नम्बरमा सम्पर्क गर्न सक्नुहुनेछ | सेप्टेम्बर ९ मा विशेष हो भए पश्च्यात यो चलचित्र बेलायतकै अरु शहरहरुमा पनि प्रदर्शन हुने निर्माण पक्षले जानकारी दिएको छ | यति बेला निर्माण पक्ष यसैको प्रचारमा नै विभिन्न ठाउँहरुमा कुदिरहेको छ | चलचित्रमा रितेश चाम्स, रीमा विश्वोकर्मा, अमिषा राई, सपना श्रेष्ठ, दीपक गुरुङ, सनम कुमार बैराग, मनिष कुमार श्रेष्ठ र ज्यासंग लिङदेन लगायतका कलाकारहरुको अभिनय रहेको छ | यस्तै चलचित्रमा राम कुमार केसी र प्रतिक दुधराजको छायांकन, अर्जुन जी.सीको सम्पादन र सम्राट बस्नेतको द्वन्द रहेको छ |
चलचित्रलाई सरस्वति ज्ञवाली,तारा दुमी राई, टिया गुरुङ, विजय कुमार दुमी र प्रतिमा दुधराज मिलेर निर्माण गरेका हुन् | चलचित्रलाई एल.बि सुब्बाले लेखन तथा निर्देशन गरेका हुन् | एक निर्देशकको हिसाबले उनले सक्ने मेहेनत लगाएर यस चलचित्रलाई रंगिन बनाउने पुरा कोशिश गरेका छन् | चलचित्रको ट्रेलर र गीतहरु केहि समय अगाडी नै युटुबमा सार्वजनिक भईसकेको छ | चलचित्रमा दर्शकहरुले सस्पेन्स हेर्न पाउनुहुनेछ भने त्यसको साथमा बेलायतको रमणीय दृश्यहरुको पर्दामा अवलोकन समेत गर्न पाउनुहुनेछ | एक हिसाबले भनौ भने हलमा नै बसेर बेलायत घुम्ने मौका | चलचित्रमा निकै प्रतिभावान कलाकारहरुको अभिनय रहेको छ |
रितेश चाम्सको एक्शन र रोमान्टिक अवतारको साथमा अरु कलाकारहरुको पनि भिन्दै प्रस्तुति चलचित्रमा प्रस्तुत गरिएको छ | निर्माण पक्षले पनि चलचित्रले दर्शकहरुलाई भरपुर मनोरंजन प्रदान गर्ने विश्वास ब्यक्त गरेको छ | नेपाली दर्शकहरुको चाहनालाई नै मध्य नजर गरेर यो चलचित्र निर्माण गरिएको निर्माण पक्षले बताएको छ | तर यसको फैसला भने हुन बाँकी नै छ | हुन त निर्माण पक्षले आफ्नो तर्फबाट कुनै कसर नछोडेको दाबी समेत गर्दै आईरहेको छ र बेलायतको विशेष शो पछि धेरै कुरा बाहिर आउने पनि छ | सम्भवत त्यहि प्रतिक्रियाले नै चलचित्रको नेपाल प्रदर्शनको भविष्य तय गर्नेछ |
हेर्नुस गीत :
हेर्नुस ट्रेलर :