बाँकेको नेपालगंज उपमहानगरपालिका अन्र्तगत पर्ने केही वडाका प्रत्येक घर–घरमा दिनहुँ जसो पशुवध गर्ने गरिएको खुलासा भएको छ । पहिले सार्वजनिक स्थलमै खुल्म खुला पशुहरुको वध गरिन्थ्यो । तर हिजोआज प्रत्येक घर–घरमै पशुवध गर्न थालीएको हो । ब्यवस्थित पशुवध शालाको अभावमा ब्यवासायि र स्थानिय विच भित्र–भित्रैको खटपट भने बषौंदेखी उस्तै कायम छ ।
यो खटपट कम हुने भन्दा पनि बढ्दै गएको देखिन्छ । दिनहुँ जसो घरमा पशुवध गर्नाले स्वंयम ब्यक्तिको घरपरिवार मात्र नभई वरिपरीका छर–छिमेकीले समेत त्यसको असर ब्यवहोर्नु पर्ने वाध्यता आई परेको छ । वडा नम्बर पाँचका स्थानिय रमेश रेग्मीले घर–घरमा गरिने पशु वधशालाले खास गरी दुई वटा समस्या निम्ताएको बताउनुभयो ।
उहाँले भन्नुभयो, “पशुवधको काम चाँही प्राय : राती हुन्छ, यसको हल्लाले वरिपरिका छिमेकीलाई प्रत्यक्ष असर गरिरहेको हुन्छ, अर्को कुरा पशुवध गरी सकेपछि निस्कने मल, रगत, हड्डी, जस्तो फोहोर बस्तुको ठिक सँग ब्यवस्थापन गरेका छैन्न, खुला ठाउँमा फालिदिदा त्यसको दुर्गन्ध चारैतिर फैलीने गरेको छ । यसले गर्दा कुरुप्ता सगै वडाको सुन्दरता नै हराएको छ । चेतना स्तर कमी भन्दा पनि कमजोर ब्यवस्थापन र निगरानीमा कमी भएकै कारण यस्तो समस्याहरु देखिएका हुन । अहिले सडक ढल नाला बनी सकेको छैन, त्यसैमा ट्वाइलेटको सेप्टी ट्याक्कीका पाईपहरु जोड्ने काम भईरहेको छ, कतिले जोडिसकेका पनि छन, अब यसलाई कसले रोक्ने, सम्बद्ध निकायको ध्यान पुगेको छैन ।”
उहाँले अगाडि भन्नुभयो, “खुल्ला दिशा मुक्त वडा भनेर मात्र के गर्नु त्यही दिशा नालामा आएर मिसीन्छ भने, ब्यवस्थित रुपमा ब्यवासायिले पशुवध गरी रोजीरोटी चलाउन सक्छन, तर आफनो रोजीरोटी चलाउने भन्दैमा छिमेकीलाई नै असर पार्ने गरी फोहोरको दुर्गन्ध फैलाउन मिल्दैन भनी हामी स्थानियको विरोध हो, नगरपालिका, वडाले सहयोग गरेन भन्दैमा ब्यवासायिहरु पनि मौन बस्न भएन, ब्यवासायि गर्ने सोच, विचार भएकाहरु आफै पनि यस विषय लाग्नुप¥यो, सल्यानीबाग वरपरका केही भागमा पहिले खुला रुपमै गरिदै आएको पशुवध अहिले घर–घरमा पुगेको छ, यसमा हामीलाई कुनै आपत्ती त भएन, तर निस्कने फोहोरको सही ठाउँमा ब्यवस्थापन गर्नुपर्छ भन्ने हाम्रो भनाई हो । यहाँ वरिपरी अस्पताल, विद्यालय पनि छन ।”
यो समस्या नेपालगंज उपमहानगरपालिका वडा नम्बर ४ र ५ मा पर्ने भित्री केही बस्तीको हो । तर वडा नम्बर पाँचका राँगा मासु ब्यवासायि मयुन कुर्रेेसीले भन्नुभयो, “काट्ने ठाउँ त घरमै छ, अरु मलहरु बुलबुलिया तिर फालिदिन्छु तर अहिले हिलो भएर केही मल घर पछाडि छ, यो पनि चाँडै उठाएर फालिदिन्छु, अनि बेच्ने पसल वागेश्वरी फिल्म हलको पश्चिम तिर छ, राँगा काट्ने मान्छे हामी पाँच, छ जना छौ, पहिले त १४, १६ जना जति थिए धम्बोजी मार्केटमा, अहिले छैन्न, धेरै जना घाटा खाएर छोडी सके, हाम्रो त यो रोजीरोटी नै हो । यसमा कति दुख गरेर राँगाहरु गाउँदेखी ल्याउनुपर्छ ।”
वडा कार्यालय अथवा नेपालगंज उपमहानगरपालिका कार्यालयले तपाईहरुलाई केही सहयोग गरेको छ ? भन्ने प्रश्नमा मयुनले भन्नुभयो, “दोकान हामीले बनाइहालेम, नगरपालिकाको मान्छे आएर पनि हेरे, बिच–बिचमा आउँछन, हामी राजस्व तिरि राखे छौं, हाम्रो पाना नम्बर छ, वार्षिक ५, ६ हजार जति बुझाउँछौ । तर सहयोग चाँही कसैले गर्दैन । मासु ब्यवासायिको समिति दर्ता छैन, नेता त छन काम गरदैन्न । वडाध्यक्षलाई गएर पनि भनेका हौं, कुनै एक ठाउँ मिलाएर सारदिन्छौ भन्नुभएको खै अहिले सम्म त केही भएन ।”
ब्यवस्थित पशुबधशालाको माग लिएर बारम्बार उपमहानगरपालिकामा धाउदाँ समेत नगरपालिकाले जहिले पनि जमिन खोज्ने काम भईरहेको भन्दै फर्काउने गरेको गुनासो नेपालगंज धम्बोजी वरपरका क्षेत्रमा रहेका अधिकांश मासु ब्यवासायिको छ । खसी, कुखुरा वध गर्ने फ्रेस हाउसहरु नेपालगंजमा थोरैको संख्यामा मात्र ब्यवस्थित रहेका छन ।
ठाउँको विवाद
नेपालगंजमा फोहोर फाल्ने ठाउँको विषयमा जहिले पनि विवाद भईरहन्छ । अझ झन पशुवध गरिएपछिको फोहोर विर्सजन गर्ने ठाउँको खोजी गर्न लागीएको पनि वषौं भयो, अहिले सम्म उपयुक्त र दिर्घकालिन ठाउँ उपलब्ध हुन सकेको छैन । एक स्थानिय महिलाले भने वडामा फैलिएको दुर्गन्ध कम गराउन सबैजना लाग्नुपर्नेमा जोड् दिनुभयो, उहाँले भन्नुभयो, “चारैतिर दुर्गन्ध नभई सरसफाई भए धेरै राम्रो हुन्छ, नयाँ आउने मान्छेहरुले पनि वडाको प्रशांसा नै गर्छन ।”
सल्यानीबागमै रहेको स्वास्थ्य संस्था टिबी नेपाल नेपालगंज क्षयरोग रेफरल सेन्टरका अध्यक्ष लक्ष्मण रेग्मीले पनि पहिले भन्दा दुर्गन्ध केही कम भएको बताउनुभयो । उहाँले भन्नुभयो, “अपेक्षाकृत रुपमा नगर वडाको सरसफाई हुन सकेको छैन, त्यसपनि अहिले काग लगायतका चराचुरुगींले फालिएको मासु, हड्डी रुखमा ल्याएर खाने, र भुईमा खल्साने गरेकाले अस्पताल वरिपरी पनि फोहोर, दुर्गन्ध भईरहन्छ, पहिले त अस्पताल अगाडि नै पशुवध गर्दथे, फोहोर बढ हुन्थ्यो तर अहिले त्यति छैन, दुर्गन्धले स्वास्थ्यमा प्रतिकुल असर गर्छ, यो सबैलाई थाहा भएकै कुरा हो, सडक नाला ब्यवस्थित छैन, त्यसैमाथि जथाभावी रुपमा फोहोर, पशुवध गरिदिनाले झनै महामारी जन्य रोगहरुको प्रकोप हुन सक्छ, त्यसकारण यस विषयमा सम्बद्ध सरोकारवाला निकायले ध्यान दिन जरुरी छ ।”
जग्गा खोज्दा समय बित्यो
नेपालगंजमा ब्यवस्थित पशुवधशाला निर्माण गर्ने उद्देश्यले धेरै वर्ष पहिले देखी योजना बनाईएको पाईएको छ । तर कार्यन्वय गर्ने सम्र्दभमा भने विभिन्न समस्याहरुले ती योजनालाई विचै तुहाईदिएको देखिन्छ । जनप्रतिनिधि आई सकेपछि पनि अत्याधुनिक पशुवध शाला निर्माण गर्न भन्दै बजेट नै बिनीयोजन गरिएको अवस्था छ ।
नेपालगंज उपमहानगरपालिका पशु विकास शाखा प्रमुख डाक्टर अपार पौडेलका अनुसार गत आर्थिक वर्ष २०७४,०७५ मा २० लाख रुपैया छुटटईएको थियो । वडा नम्बर १३ उदयपुरमा पशुवध शाला योजना बनाईदै गर्दा स्थानियबाट ब्यापक विरोध भएपछि त्यो काम अघि बढ्न सकेन । पब्लिक, प्राईभेट, पार्टनरशिपमा करिब ४० देखी ५० लाखको लागतमा अत्याधुनिक पशु वधशाला निर्माण गर्ने योजना त्यसपछि विफल भयो, र त्यसपछि बजेट खर्च हुन सकेन ।
वडा नम्बर २० मनिकापुरमा बनाउने भन्ने कुरा चर्चा चलेपनि बजार पायक पर्ने नभएकाले त्यसको संम्भावना पनि त्यति देखिएको छैन । जग्गाकै खोजीमा आफुहरु रहेकाले धार्मिक कार्य बाहेक अन्य सबैलाई फ्रेस हाउस सरह ब्यवस्थित गरी पशुवध तथा विक्री वितरण गर्न सल्लाह दिने बाहेक तत्काल अन्य कुनै विकल्प नभएको उपमहानगरपालिकाका पशु विकास शाखा प्रमुख डाक्टर अपार पौडेलको भनाई छ ।
चालु आर्थिक वर्ष २०७५,०७६ मा जग्गा पाईए तत्काल पहल गरिने बताईएता पनि अहिले सम्म कतैबाट जग्गा उपलब्ध हुन सकेको छैन । गाउँबस्ती नजिकको ऐलानी जग्गामा पशुवध शाला निर्माण गर्न खोज्दा पनि स्थानियबाट विरोध भईरहेको छ । यसै गरी वडा नम्बर ४ का वडाध्यक्ष महम्मद सफिक बेहनाले पनि ठाउँ अभावमा पशुवध शाला निर्माण गर्न नसकिएको दाबी गर्नुभयो ।
उहाँले भन्नुभयो, “नेता भन्दा जनताले सहयोग गर्न आवाश्यक छ, हामीले बुलबुलिया, जनस्वास्थ्य कार्यालय रहेको क्षेत्रको वडामा पहल गरेका हौं, त्यहाँ पनि जनताले सहयोग गरेन्न, अहिले वडामा सडक नाला निर्माणको कार्य भईरहेकाले पनि केही अब्यवस्थित र दुर्गन्धित देखिन्छ, कसैले पनि म कहाँ लिखीत उजुरी लिएर आउनुभएको छैन, त्यस्तो उजुरी आए अब्यवस्थित पशुवधको कार्यलाई रोक्न पहल गर्छु ।”
वडा नम्बर ५ का वडाध्यक्ष कैफुल बरा जोलाहले पशुवध शाला अभावमा समस्या सिर्जना भएको भन्दै बनाउनका लागी पनि उपयुक्त ठाउँ नभएको बताउनुभयो । उहाँले भन्नुभयो, “हामीलाई बनाउन बजेटको भन्दा धेरै ठाउँको अभाव छ, उपमहानगरपालिकाबाट पनि पहल भईरहेको छ, अहिले सम्झाई बुझाई गर्ने बाहेक त्यस्तो अर्को कुनै विकल्प त छैन, खुल्ला सार्वजनिक स्थलमा पशुवध गर्ने कार्यलाई हामी रोक्छौं, मलाई त्यस्तो कुनै लिखित, मौखिक रुपमा गुनासो आएको छैन, त्यही पनि म आफनो तर्फबाट लागी रहेको छु ।”
पशुवध शाला जिल्लाकै आवाश्यकता
अत्याधुनिक र ब्यवस्थित पशुवध शाला निर्माणका लागी जति पहल गरिए ति सबै असफल भएको पाइन्छ । कोहलपुर वरपरका क्षेत्रलाई समेटने गरि लामो समय सम्म सञ्चालन गर्ने भनिएका पशुवधशाला पनि त्यति ब्यवस्थित छैन्न । अहिले त्यसको अवस्था बारे पनि सम्बद्ध सरोकारवाला निकाय बेखबर देखिन्छन ।
बाँके जिल्लामा खासगरी राँगाको वध गर्नका लागी अत्याधुनिक र ब्यवस्थित पशुवधशालाको आवाश्यकता खड्कीएको छ । सरोकारवाला निकाय सगँको समन्वयमा केही निजी क्षेत्रमा सञ्चालीत बंगुर, खसी, कुखुराहरुको वधशाला पनि पर्याप्त देखिदैन्न । पाँच नम्बर प्रदेश सरकारले भने बाँकेको कोहलपुर नेपालगंजलाई लक्षित गरी सुविधा सम्पन्न पशुवधशाला निर्माण गरिने भन्दै कुराकानी अघि बढाउन थालेको छ । तर कहिले सम्म बनाईने भन्नेमा निश्चित छैन ।
पशुवध शाला निर्माणका लागी आवाश्यक पर्ने जमिन उपलब्ध गराउन त्यति सहजै जनताहरु पनि तयार हुने स्थितीय छैन । सम्बद्ध निकायले पनि पशुवध शाला निर्माण, त्यसको फाईदा र बेफाईदा लगायतका विभिन्न कुराहरु जनता माझ स्पष्ट सगँ राखी बुझाउन सकेका छैन्न ।
उता छिमेकी जिल्ला बर्दियाको गुलरिया स्थित नेपालगंज गुलरिया सडक खण्डको बाइपास रोड छेउमा ब्यवस्थित पशुवध शाला निर्माण गरिएको छ । पशुवधशाला निर्माण गरिएपछि सरसफाई राम्रो भएको छ भने धेरै स्थानियले प्रत्यक्ष रोजगारी पनि पाएका छन । त्यहाँका किसानहरुले सहजै आफना राँगाहरु विक्री वितरण गर्न सकेका छन । त्यहाँबाट अहिले सिधै चीन सम्म राँगाको मासु पु¥याउने गरिन्छ ।
–साभार : गुड न्युज राष्ट्रिय साप्ताहीक