बर्दिया : स्थानिय तहले पहिलो प्राथमिकता विकासलाई जोड दिएको बताइएको छ ।
बर्दियाको मधुवन नगरपालिका वार्ड न २ मा वडा अध्यक्ष , सदस्य , राजनितिक दल , समाजसेवि बुद्धिजिवि , व्यापारी , शिक्षक लगायत संगको छलफलमा सहभागी भएका हरुले विकासलाई पहिलो प्राथमिकता दिनु पर्ने बताएका हुन ।
बडा अध्यक्ष पहाडी थारुले गएको वर्ष आफूहरुलाई कार्ययोजना , ऐन नियम बुझन समय लागेको भन्दै अवका दिनमा वडाको विकासका लागी अन्य राजनितिक दल , व्यापारी , बृद्धिजिवि , समाजसेवि , वडघर , शिक्षक लगायत संग समन्वय गरेर वडालाई कसरी नमुना बनाउन सकिन्छ भन्ने विषयमा योजना बनायर अगाडि बढने बताउनु भयो ।
रेडियो फूलवारी एफ.एम.ले गरेको सो छलफल कार्यक्रममा बोल्दै नेकपाका जिल्ला सदस्य कालुराम थारुले नगरका अन्य वडा भन्दा २ नम्वर बडा अति पछाडि परेको भन्दै यसलाई अगाडि ल्याउनका लागी सवैभन्दा पहिले बाटो निर्माण र बाटो भएका स्थानलाई सहज रुपमा नागरिकलाई आवत जावत गर्नका लागी बाटो ग्रावेल तथा कालोपत्रे गर्ने कार्यलाई पहिलो प्राथमिकता दिनु पर्ने र गरिव विपन्न वर्गका लागी आय आर्जनका योजना बनायर अगाडि बढनु पर्ने सुझाव दिनु भयो । यस्तै वार्ड न २ का नेकपाका उपाध्यक्ष आशाराम थारुले वडा अध्यक्ष सदस्य हरुले सवै राजनितिक दलहरु संग समन्वय गर्नु पर्ने सुझाव दिनु भयो । नेपाली काग्रेसका साधारण सदस्य एव नेपाल ट्रेड युनियन बर्दियाका सदस्य कृष्ण परियारले बडा कार्यालय बाट प्रदान गरिने सेवा सुविधको विषयमा नागरिकलाई बुझाउन सुझाव दिदै हुलाकी राजमार्गको निर्माण कार्य छिटो छरितो गर्न गराउनका लागी सम्वन्धित निकायलाई दवाव दिन आग्रह गर्दे , वडा भित्र रहेका उद्योगलाई व्यवस्थापन र नया उद्योग संचालन गर्न इच्छुक व्यवसायीलाई सहज वातावरणका लागी पनि योजना बनाउन सुझाव दिनु भयो । कार्यक्रमा ओरोली वजार व्यवस्थापन समितिका अध्यक्ष भोजबहादुर विसीले ओराली वजारमा सुरक्षा फितलो भएको भन्दै सो क्षेत्रमा प्रहरी चौकि स्थापना गर्नका लागी पहल आवश्यक भएको बताउनु भयो , सार्थ उहाले प्रहरी दिउसो डिउटिमा रहेपनि चौकि नहुदा रातिको समयमा पसलमा चोरी हुने गरेको बताउनु भयो । सोहि वडाका शिक्षा प्रेमि बुद्धिजिवि मुकुन्द ज्ञवालीले वडामा स्वास्थ्य चौकि , प्रहरी चौकि आवश्यकता भएको भन्दै वडा अध्यक्ष तथा सदस्यहरुले आफूले गरेका वाचा पुरा गर्न सुझाव दिनु भयो । वडाको विकासमा आफूहरुको पनि चासो रहेको भन्दै वडालाई नमुना बनाउनका लागी आफूले खेल्ने भुमिका रहने त्यसका लागी वडा कार्यालयले भेदभाव नगरेर सल्लाह सुझाव दिन र लिन कन्ज्युस्र्याई गर्न नहुने बताउनु भयो ।
जनप्रतिनिधि , पार्टि प्रतिनिधि , संघ सस्था प्रतिनिधि, बुद्धिजिवि र नागरिक विचको सो संवाद कार्यक्रममा महिला लक्ष्मि साबउसका अध्यक्ष ढिकराम थारुले बर्ष भरीका कार्ययोजना बनाउदा सवैसंग सर सल्लाहको आवश्यक भएको बताउनु भयो । कार्यक्रममा श्री शहिद आधारभुत विद्यालय गंगापटुवाका प्रधानाध्यापक आशाराम चौधरीले वडा अधिकासं विद्यालयका चौर गौचरणको अवस्थामा रहेका कारण यसलाई व्यवस्थापन गर्नका लागी कार्य योजना बनाउनु ुपर्ने बताउनु भयो । साथै वडा भित्र रहेका विद्यालयमा गुणस्तरिय अध्ययनका लागी अभिवाभक , बुद्धिजिवि वार्ड अध्यक्ष सदस्य सवैले समय समयमा अनुगमन गर्ने र योजना बनाउन सुझाव दिनु भयो । अपाङ्ग समन्वय समिति वार्ड न २ का अध्यक्ष राजबहादुर बुढाले अपाङ्ग भएकालाई हेर्ने दृष्टिकोण परिवर्तन नभएको भन्दै अपाङ्गले वडा कार्यालयबाट पाउने सेवा सुविधा सहज नभएको बताउनु भयो , साथै एक वर्षको योजना बनाउदा अपाङ्गहरुलाई पनि समाबेस गरी उनिहरुको इच्छा र चाहना अनुसार अपाङ्गका लागी कार्यक्रम ल्याउनुु पर्ने बताउनु भयो ।
वडा अध्यक्ष पहाडि थारुले ओराली बजारक्षेत्रमा प्रहरी चौकि र स्वास्थ्य चौकि स्थापनाका लागी पहल भैरहको जानकारी दिनु भयो । साथै उहाले वडामा बाटो चौडा ग्राबेल गर्नको लागी कार्य भैरहेको साथै हुलाकी राजमार्ग छिटो छरितो निर्माण गराउनका लागी पनी मेयर सग कुराकानि भैरहेको र सम्वन्धित निकायलाई पत्राचार समेत गरीएको बताउनु भयो । साथै उहाले अति गरिव विपन्न बर्गका लागी आय आर्जन सम्वन्धि तालिम पनि दिइएको , अपाङ्ग , दलित , आदिवासी जनजातिका लागी पनि विभिन्न किसीमका कार्यक्रमहरु राखिएको जानकारी पनि दिनु भयो । कार्यक्रममा वडा सदस्यहरु संगीता चौधरी , मनसरा विक र विरबहादुर चौधरीले पनि वडाका नागरिहरुको चाहना अनुसार नै अगाडि बढने बताउनु भयो । फूलवारी एफ.एम.का कमलराज ढकालले समन्वय गर्नु भएको सो छलफल कार्यक्रमको सहजीकरण फूलवारी एफ.एम.का स्टेसन म्यानेजर दिपक शर्माले गर्नु भएको थियो ।