सेवाग्राहीसँग घुस रकम लिदै गरेको अवस्थामा बर्दियाको गुलरियानगरपालिकाका सब इन्जिनियर लाई अख्तियारले नियन्त्रणमा लिएको छ ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोग कार्यालय कोहलपुरबाट खटिएको टोलिले गुलरिया नगरपालिकामा कार्यरत असिस्टेन्ट सव–ईन्जिनियर रमेशकुमार गौतमलाई सेवाग्रहीसंग लिएको १० हजार घुससहित पक्राउ गरेको हो ।बबई बहुमुखी क्याम्पसको शौचालय निर्माणको कार्य सम्पन्न प्रतिवेदन तयार गर्ने प्रयोजनका लागि सेवाग्राहीसँग घुस रकम लिँदैगर्दा गौतमलाई रङ्गेहात नियन्त्रणमा लिइएको कोहलपुरका निमित्त कार्यालय प्रमुख नारायणदत्त उपाध्यायले जानकारी दिए
उनीलाई नगरपालिकाको कार्यालय परिसरबाट नै नियन्त्रणमा लिइएको हो । पक्राउ परेका असिस्टेन्ट सव–ईन्जिनियर माथि थप अनुसन्धान भईरहेको अख्तियार कोहलपुर जनाएको छ ।