अनलाईननेपालगंज डटकम :
२०७५ साल साउन ५ गते अर्थात् गत शनिबार करिब दिउसोको २ बजे माइतीघर मण्डला देखि नया बानेश्वोर चोक रणभूमिमा परिणत भयो | नेपाल तरुण दलले शान्तिपूर्ण विरोध प्रदर्शन गरिरहँदा एकाएक प्रहरीले नेपाल तरुण दलका कार्यकर्ता माथि असुर ग्यास र लाठी बर्षाउन थालेपछि नया बानेश्वोर युद्ध भुमि बन्यो | प्रहरीले नेपाल तरुण दलका केन्द्रीय अध्यक्ष जित जंग बस्नेतलाई निशाना बनायो |
कमाण्डरलाई ढाल्यो भने संगठन कम्जोर हुन्छ र कार्यकर्ताहरु बिचलित हुन्छ भन्ने सोच बोकेर प्रहरीले लाठीले उनको टाउकोमा र शरीर धेरै भागमा निकै दर्दनाक हिसाबले प्रहार गर्यो | प्रहरीको यस्तो खतरनाक आक्रमणमा परी उहा घाइते हुनुभयो | उहा घाइते हुँदा समेत प्रहरीले उनि माथि लाठी बर्षाउन छाडेन |
उनलाई तुरुन्त मिन भवन स्थित सिविल हस्पिटल लगियो र उपचारमा राखियो | उहा संगै नेपाल तरुण दलका पुर्व अध्यक्ष महेन्द्र यादव, नेपाली कांग्रेस ललितपुर जिल्ला सभापति मदन अमात्य, नेपाल तरुण दलकी केन्द्रीय पार्षद मुना भुसाल लगायत दर्जनौ नेपाल तरुण दलका कार्यकर्ताहरु घाइते भए | सम्भवत नेपाल तरुण दलका केन्द्रीय अध्यक्ष जित जंग बस्नेतको ज्यान लिने योजनाको साथ नै प्रहरीले उहा माथि अन्धाधुन्ध आक्रमण गरेको थियो तर उनि बचे | तर उनको टाउको गम्भीर चोट लागेको छ | यो घटनाको कारण नेपाल तरुण प्रहरी प्रशासन र वर्तमान ओली सरकार विरुद्ध अझ बढी आक्रोशित बनेको छ | वर्तमान सरकारको ज्याजति विरुद्ध नेपाल तरुण दलले आइतबार देशका ७७ वटै जिल्लाको जिल्ला प्रशासन कार्यालय अगाडी धर्ना दिदै विरोध प्रदर्शन गरेको छ |
अवस्था अझ गम्भीर बन्दै गएको छ | नेपाली कांग्रेस पार्टी सभापति शेरबहादुर देउवाले पनि आफ्नो भातृ संस्था माथिको ज्याजति असहिय रहेको र यसको विरुद्धमा कडा कदम चाल्ने चेतावनी नै दिनुभएको छ | उता नेपाल तरुण दलका केन्द्रीय अध्यक्ष जित जंग बस्नेतले ओली सरकारले २ तिहाई बहुमतको दम्भको आधारमा गरेको यो ज्याजति र दमनबाट आफु र आफ्नो संगठन अलिकति पनि नडराएको बताउनुभएको छ | साथै उहाले उनलाई चुनौती दिदै वर्तमान सरकारको आयु धेरै लामो नरहेको र हिजो दिनमा राणा र राजालाई निकालेर फाले जस्तै के.पी ओलीलाई पनि सिंहदरबारबाट निकालेर फाल्ने बताउनुभएको छ | अबको दिन वर्तमान सरकारको ज्याजति र दमन विरुद्ध अझ सशक्त आन्दोलन गर्ने चेतावनी समेत उहाले दिनुभएको छ |
देश र जनता माथि र लोकतन्त्र माथि धावा बोल्ने काम बन्द नगरे यसको कदम मूल्य वर्तमान सरकारले चुकाउनु पर्ने समेत उहाले बताउनुभएको छ | नेपाल तरुण दलका केन्द्रीय अध्यक्ष जित जंग बस्नेतलाई घाइते हुन साथ मिनभवन स्थित सिविल हस्पिटलमा लगिएको थियो | प्रहरीले त्यस दिन पत्रकारलाई समेत छोडेन | यस्तै प्रहरीले लाठी र असुर ग्यास सहित पेस्तोल समेत निकालेर प्रदर्शनकारी र पत्रकार माथि तेर्सायो | तर भाग्यवस त्यस्तो कुनै अप्रिय घटना त्यो दिने घटेन | जनताको बोल्ने र लेख्ने अधिकार के.पी ओली सरकारले हत्याउन खोजेको कुरा समेत घाइते तरुण दल अध्यक्ष बस्नेतले बताउनुभयो |
यस्तै उहाले के.पी ओलीले नेपाल तरुण दल माथि ज्याजति गरेर ठुलो गल्ति गरेको र यसको परिणाम आगामी दिनमा भयङ्कर हुने उहाले बताउनुभयो | उहाको यस किसिमको अभिव्यक्तिले भोलिको दिन अझ बढी खतरनाक हुने देखिन्छ | हुन त सरकारको गतिविधिको अहिले चौतर्फी रुपले आलोचना भईरहेको छ | प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसलाई मिलाएर लैजान नसक्नु नै अहिलेको सरकारको ठुलो गल्ति भएको देखिन्छ भने शान्तिपूर्ण आन्दोलनमा प्रहरी दमन र ज्याजतिले अहिलेको सरकारको अझ बढी खतरापूर्ण स्थितिमा धकेलिदिएको छ | यसको परिणाम निकै डरलाग्दो हुने संकेत अहिले देखि नै देखिन सुरु भईसकेको छ |