रुकुम(पश्चिम) मुसीकोट नगरपालिका १२ पितिवाङमा बस दुर्घटना हुँदा १४ जना घाइते भएका छन् । दाङको तुलसिपुरबाट रुकुम(पश्चिम)को सल्लेतर्फ आउँदै गरेको ना ४ ख ६३२६ नम्बरको बस दुर्घटना हुँदा चालक सहित १४ जना घाइते भएको जिल्ला प्रहरी कार्यालय रुकुम(पश्चिम)ले जनाएको छ । प्रहरीका अनुसार घाइतेमध्ये चारजनालाई गम्भिर चोट लागेको छ । चार मध्य दुई जनालाई नेपालगञ्ज रेफर गरिएको छ भने दुई जनालाई पनि रेफर गर्ने तयारी भइरहेको प्रहरीले जनाएको छ ।
रेफर हुनेमा दाङ तुलसिपुर उपमहानगरपालिका ३ की १७ वर्षीया सृष्टी पुन र सल्यान त्रिवेणी गाउँपालिका ७ का २२ वर्षीय बिष्णु परियार छन् ।
तुलसीपुर उपमहानगरपालिका पाँचका वडा सदस्य समेत रहेका ३१ अजय बुढाथोकी र रुकुम(पूर्व) पुथाउत्तरगंगा गाउँपालिका ३ मैकाटका २५ वर्षीय करण बुढालाई रेफर गर्ने तयारी भइरहेको छ । घाइते मध्य केहिको जिल्ला अस्पताल सल्लेमा उपचार भइरहेको छ भने केहि उपचार पछि घर फर्किसकेका छन् ।
बिहान करिब साढे दुई बजेको समयमा बस पल्टिएर खेतमा पुगेको जिल्ला प्रहरी प्रमुख, प्रहरी नायव उपरिक्षक सुमित खड्काले जानकारी दिए । आफू निदाएको कारण गाडि दुर्घटना भएको चालकले स्वीकारेको बताइएको छ । चालक प्रहरी नियन्त्रणमा रहेको र घटनाका बारेमा थप अनुसन्धान भइरहेको डिएसपी खड्काले बताए ।