WordPress database error: [Can't create/write to file '/var/tmp/#sql_4f751_6.MAI' (Errcode: 28 "No space left on device")]SHOW FULL COLUMNS FROM `tc_postmeta`
WordPress database error: [Can't create/write to file '/var/tmp/#sql_4f751_6.MAI' (Errcode: 28 "No space left on device")]SHOW FULL COLUMNS FROM `tc_postmeta`
नेपालका प्रमुख रोजगार गन्तव्य मुलुक मलेसिया, कतार, साउदी अरब, कुबेत, ओमान र बहराइनमा गरी जम्मा जम्मी ५ सयभन्दा बढी नेपाली कामदार विभिन्न अभियोगमा जेल परेका छन्। विभिन्न संघसस्थाले भने १ हजार २ सयभन्दा बढी नेपाली कामदार विदेशको जेलमा परेको बताउँदै आएका छन् ।
तर कुन जेलमा कति नेपाली छन् भन्ने विवरण भने सरकारले संकलन गर्न सकेको छैन। आफू जाने देशको विषयमा पूर्ण जानकार नहुँदा त्यहाँ पुगेपछि कतिपय नेपाली समस्यामा पर्ने गरेका छन्,’ निर्देशक श्रेष्ठले भने, ‘भाषा र सूचनाको अभावमा पनि उनीलाई निकै समस्या छ।’
हत्या, बलात्कार, लागूऔषध कारोबार, झैझगडा, चोरी अभियोग, रोजगारदाता देशको कानुन उल्लंघन लगायत गम्भीर अभियोगमा नेपाली कामदार जेलजीवन बिताइरहेका छन्। तीमध्ये केहीलाई मृत्युदण्डको सजायसमेत सुनाइएको छ भने केही ब्लडमनी तिर्न नसकेर जेलमा छन्। कतिपय जेलमा परेका कामदारलाई जन्मकैदको सजाय पनि सुनाइएको छ।
मलेसियामा ८० हजारभन्दा बढी रोजगारीमा गएका नेपाली अवैध ढंगले काम गरिरहेको सरकारी अनुमान छ। कतार र युएईमा पनि सोही हाराहारीमा अवैध ढंगले काम गर्दै बस्ने नेपालीको संख्या रहेको छ।
पर्याप्त कानुनी परामर्श पाउन नसक्दा पनि नेपालीहरु जेलमा थुनिनुपरेको छ। विदेशमा रहेका नेपाली कूटनीतिक नियोगका कर्मचारीहरु नै सम्बन्धित देशको भाषा र कानुनका विषयमा पूर्ण जानकार छैनन्। त्यहाँका नियोगले समेत कुन कारणले कुन जेलमा नेपाली परे भनेर तथ्यांक संकलन गर्न सकेको छैन।
रोजगारीमा गएका कतिपय कामदार भने करार अवधि सकिएपछि पनि स्वदेश नफर्किँदा जेलमा पुग्ने गरेका छन्। मलेसिया, युएई र कतारमा धेरै करार अवधि सकिए पनि उतै बस्नेको संख्या निकै रहेको छ।