गत वर्षको सुपरहिट चलचित्र प्रेम गीत २ को मेकिङ भिडियो सार्वजनिक गरिएको छ । आसुसेन फिल्म्सको ब्यानरमा बनेको चलचित्र गत वर्षको श्रावण १३ गते प्रदर्शनमा आएको थियो ।
नेपालको काठमाण्डु , पोखरा, लुम्बिनी हुँदै मुगुको रारा ताल र बिदेशमा थाइल्यान्डको विभिन्न रमणिय स्थलहरू र बर्माको मान्डलेमा ६९ दिन लगाएर चलचित्र खिचिएको चलचित्रको पर्दा पछाडीको रमाइला दृश्यहरू पनि मेकिङ भिडियोमा देख्नज सकिन्छ । करिव ५१ मिनट लामो मेकिङ भिडियोको अगाडि निर्माता संतोष सेनको आगामी चलचित्र मेरी मामुको स्थिर तस्वीर सहितको छोटो सामाग्री पनि देख्न सकिन्छ
उक्त सामाग्रीमा निर्माता सेनका ६ वर्षे छोरालाइ फिचर गरिएको छ ।
हेर्नुहोस प्रेमगीत २ को मेकिङ भोडोयो