काठमाडाैं, सरकारको काम कहिले जाला घाम प्रवृत्ति सरकारी कर्मचारीमा अहिले पनि यथावत देखिएको छ । संघीय शासन प्रणाली लागू भएको साढे दुई वर्ष बितिसक्दा पनि कर्मचारेका कामचोर प्रवृत्ति नरोकिको छड्के अनुगमनले देखाएको छ ।
देशभरका ८ सय ५० वटा सरकारी कार्यालयमा गरिएको छड्के अनुगमनपछि कामचोर र आचरणविरोधी काम गर्ने १ हजार ६ सय कर्मचाी कारबाहीको सूचीमा परेका छन् ।
प्रधानमन्त्री मातहत रहेको राष्ट्रिय सतर्कता केन्द्रको अध्ययन र अनुगमनले अधिकांश सरकारी कार्यालय समयभन्दा ढिलो गरी आएको र कामचोर प्रवृत्ति यथावत रहेको देखाएको समाचारमा उल्लेख छ ।