WordPress database error: [Can't create/write to file '/var/tmp/#sql_4f751_6.MAI' (Errcode: 28 "No space left on device")]SHOW FULL COLUMNS FROM `tc_postmeta`
WordPress database error: [Can't create/write to file '/var/tmp/#sql_4f751_6.MAI' (Errcode: 28 "No space left on device")]SHOW FULL COLUMNS FROM `tc_postmeta`
काठमाण्डु, – तस्करीको ३३ किलो सुन र सनम शाक्य हत्याकाण्ड मुख्य अभियुक्त चुडामणि उप्रेती गोरेले बाहिर आएजस्तो आफू ठूलो सुन तस्कर नभएको बताएका छन् ।
मंगलबार बिहान काठमाण्डुको गौरीघाटबाट पक्राउ परेका गोरेले छानबिन समितिलाई दिएको बयानमा आफूले तस्करीको सुन व्यवस्थापन गर्ने र क्यारिङ गर्नेमात्र गरेको बताएका छन् ।
बयानमा गोरेले भनेका छन्, ‘मेरा बारेमात्र धेरै कुरा आए । मभन्दा माथि काम गर्ने अरु पनि छन् । उनीहरुको बारेमा पनि खोल्नु पर्छ ।’
फागुन पहिलो साता अनामनगरबाट लुटिएको ३३ किलो सुन मोहन अग्रवालकै रहेको गोरेले समितिलाई बताएका छन् ।
‘फागुन ९ गते विमानस्थल हुदै आएको ३३ किलो सुन मोहनकै हो, त्यो सुन ठाउँमा पुर्याउने जिम्मा मेरा केटाहरूको थियो, सेटिङ मैले गरिदिएको हो, सुन लुटियो त्यसमा भुजुङ गुरुङ समूहको हात छ, मलाई सिध्याउन सुन लुटिएको हो,’ समितिसँगको बयानमा गोरेले भनेका छन ।
उनले एकैदिनमा ८६ किलोसम्म सुन विमानस्थलबाट बाहिर ल्याएको पनि बताएका छन् ।
‘मलाई मुख्य मान्छे भनिएको छ, म नै ठूलो मान्छे होइन, अदालतमा मुद्दा दायर भएका ६३ जनामा केही जनासँग मिलेर काम गर्ने गरिन्थ्यो, एकै दिनमा ८६ किलोसम्म सुन ल्याएका थियौं,’ गोरेले बयानमा भनेका छन् ।
उनले भुजुङ गुरुङसँग पछिल्लो समयमा नराम्रो हुदै गएको पनि बताएका छन् ।
‘भुजुङ र उनको सालो छिरिङले मलाई फसाउन खोजेका थिए, त्यही सिलसिलामा ३३ किलो सुन लुटिएको हो । सुन लुटेर दोष मेरो थाप्लोमा हाल्ने काम उनैले गरेका हुन् ,’ गोरेले भनेका छन् ।