प्युठान- प्युठानमा रात्री बस दुर्घटना हुँदा मृत्यु हुनेको संख्या ६ पुगेको छ । मृत्यु भएकामध्ये ४ जनाकाे सनाखत भएको प्रहरीले जानकारी दिएको छ ।
महेन्द्रनगरबाट खलंगा अाउँदै गरेको सो बस दुर्घटनामा परि नेपाली सेनामा कार्यरत २५ बर्षका हरिबहादुर मल्ल, कैलाली-चमाैलाका २६ बर्षीइ चालक बीरबहादुर थारू, कर्णााली चिसापानीकी सरीता चन्द र प्युठान गाैमुखी- अर्घाकी १७ बर्षीया हिरा टमाटाको मृत्यु भएको छ ।
महेन्द्रनगरबाट प्युठानको खलंगा आउँदै गरेको ना ४ ख १८७६ नम्बरको बस अार्इतबार राती प्युठानस्थित सरुमारानी गाउँपालिकाको पाकुरी खोलामा दुर्घटना भएकाे हो ।
दुर्घटनाका घार्इतेहरू :
तिर्थराज पोख्रेल (बर्ष ३८) : मल्लरानी गाँऊपालिका–३
तारा विष्ट (४५) : गुल्मी अग्लुङ
हिमा बोहोरा (२५) : दैलेख दुल्लु नगरपालिका–११
जगदिस खत्री (२५)
रिगल खात्री (२०)
इश्वर खड्का (२६) : प्यूठान नगरपालिका–३ साढेखाला
सुनिल रानामगर (२३) : महेन्द्रनगर कंचनपुर बेदकोट नगरपालिका–६
सुश्मा चौधरी (२०) : मल्लरानी गाँऊपालिका चुँजाठाटीका
प्रकाश सावत : बैतडी पुचौडि नगरपालिका–६
राजेन्द्र प्रसाद तिमलसिना (७३) : चितवन चित्रवन नगरपालिका–१७
शेरबहादुर विक (४४) : रोल्पा सुवर्णावती गाँउपालिका–२
सपना विक (१६)
मजीत विक (१५) : गौमुखी गाँऊपालिका–४
राजेश चौधरी (२२) : कैलाली गौरीगंगा नगरपालिका–३
प्रेम केसी (२१) : झिमरुक गाँऊपालिका–३
मा गिरी (४९) : प्यूठान नगरपालिका–१० दहखोला
(जिल्ला अस्पताल बिजुवारमा उपचार भैरहेको)
बसन्त शर्मा (३८) : माण्डवी गाँऊपालिका–१
हरि सुनार (२५) : रोल्पा सुवर्णावती गाँउपालिका–२
सफल अर्याल (७०) : दैलेख दुल्लु नगरपालिका–११
गोविन्द अर्याल (३५) : रुपन्देही कन्चन गाँऊपालिका–३
हिमला पोख्रेल (२९)