अमेरिकामा एकजना क्यान्सर रोगीको शल्यक्रिया पूर्ण सफलताका साथ सम्पन्न भएको छ । उक्त शल्यक्रिया विश्वमै रोबोटद्वारा गरिएको पहिलो शल्यक्रिया हो । उक्त रोबोटले एकजना डाक्टरको सहयोगी शल्यचिकित्सकको रुपमा सक्रियतापूर्वक काम गरेर उक्त कामलाई अन्जाम दिएको हो ।
एक जना मान्छे डाक्टरको सहयोगी डाक्टरको रुपमा रही रोबोट डाक्टरको टिमले बिरामीको गर्धनमा रहेको दुर्लभ प्रकारको ट्युमरलाई सफलतापूर्वक निकालेका छन् । यस्तो प्रकारको क्यान्सरलाई कार्डाेमा भनिन्छ । जुन एक प्रकारको दुर्लभ रोग हो । यो मानिसको खप्पर तथा मेरुदण्डको हड्डीको बीचमा रहेको हुन्छ । र यसले बिस्तारै बिस्तारै ट्यूमरको गम्भीर रुप ग्रहण गर्ने गर्दछ । यसको सुरुवाती लक्षण कयौँ बर्षसम्म पनि देखदिैन ।
अमेरिकाका २७ वर्षीय नोआ पर्निकफ नामका युवक उक्त क्यान्सरबाट ग्रस्त रहेका थिए । उनी सन् २०१६ मा कार दुर्घटनामा घाइते भएका थिए र सामान्य चोटपटकका बाबजुद पनि उनको गर्धनको दुखाई न त कम भइरहेको थियो न त ठीक हुने लक्षण नै देखिइरहेको थियो । यसबाट चिन्तित भएर उनले डाक्टरसँग परामर्श लिएर एक्सरे गरे । जसबाट पत्ता लागेको थियो कि, उनको दुखाई चोटको तुलनामा अधिक रहेको थियो । डाक्टरहरुले जाँच परीक्षण गर्दा उनी कार्डाेमाबाट ग्रस्त भएको पाएका थिए ।
डाक्टरहरुका अनुसार उनी एकदमै भाग्यमानी बिरामी पनि रहे । किनकि उनी दुर्घटनामा परेकाले समयमा नै आफ्नो उपचार गराउन अस्पताल पुगे र समयमा नै दुर्लभ र खतरनाक बिमारीको पहिचान भई उपचार पनि पाए । यो एक प्रकारको दुर्लभ बिरामी हो र यो विश्वमा १० लाख मानिसमा एकजनालाई हुने गर्दछ र यसको उपचार पनि अधिक मुस्किल हुने गर्दछ । डाक्टर नील मल्होत्राले सर्जरीको अगुवाई ग्रेका थिए ।
अहिले पर्निकफको स्वास्थ्य ठीक भएको र उनी काममा फर्किसकेको बताइएको छ । एजेन्सी