WordPress database error: [Can't create/write to file '/var/tmp/#sql_4f751_2.MAI' (Errcode: 28 "No space left on device")]SHOW FULL COLUMNS FROM `tc_postmeta`
WordPress database error: [Can't create/write to file '/var/tmp/#sql_4f751_2.MAI' (Errcode: 28 "No space left on device")]SHOW FULL COLUMNS FROM `tc_postmeta`
काठमाडौं । ५ बैशाख – आउदो सेप्टेम्वरमा बंगलादेशमा हुने साफ सुजुकी कप फुटबल प्रतियोगितामा नेपाल समुह ‘ए’ मा परेको छ ।बंगलादेशको ढाकामा आज भएको सार्वजनिक ‘ड्र’ मा नेपाल आयोजक बंगलादेशसँगै रहेको समूह ‘ए’ मा परेको हो ।
नेपाल रहेको समूहमा पाकिस्तान र भुटान पनि रहेका छन् । समुह ‘बी’ डिफेन्डिङ च्याम्पियन भारत, माल्दिभ्स र श्रीलंका रहेका छन् ।
च्याम्पियनपसिपमा दक्षिण एसियाका ७ टोलीको सहभागिता रहनेछ । यसअघिका संस्करणमा फाइनल यात्रा तय गरेको अफगानिस्तान भने मध्य एसियामा सरेपछि सहभागी टोली संख्या ७ मा झरेको हो ।
नेपालले अहिलेसम्म साफ च्याम्पियनसिपको सेमिफाइनल चरण पार गरेको छैन । पछिल्लो संस्करणमा समूह चरणबाटै बाहिरिएको नेपाल २०१३ मा सेमिफाइनलमा पराजित भएको थियो । प्रतियोगिता सेप्टेम्बर ४ मा सुरु हुनेछ ।