काठमान्डौ चैत्र ८ गते , आज बाट माध्यमिक शिक्षा परीक्षा अर्थात एसईई सुरु भएको छ । परिक्षामा चार लाख ८५ हजार ५ सय ८६ विद्यार्थीहरु सहभागी भएका छन ।
आज विहिवार बाट सुरु भएको परिक्षाको पहिलो दिन अनिवार्य अंग्रेजी विषयमा परिक्षा सम्पन्न भएको छ । देश भरबाट चार लाख ८५ हजार ५ सए ८६ विद्यार्थिहरुले परिक्षा दिइरहेका छन । यसपटक अनिवार्य विषयतर्फ गणित बाहेक सबैमा प्रयोगात्मक परीक्षा हुने भएकाले यस पटकको परीक्षा विशेष छ । १० वर्षपछि नयाँ पाठ्यक्रम लागू गर्दै गणित बाहेक सबै विषयमा प्रयोगात्मक परीक्षा लागू गरिएको हो ।नियमिततर्फ ४ लाख ६१ हजार ५ सय १५ र एक्जाम्टेडतर्फ २४ हजार ७१ जना परीक्षार्थी सहभागी छन् ।परीक्षामा अमर्यादित काम गर्नेलाई एक लाख जरिवाना र ६ महिना कैद वा दुवै सजायँ हुने शिक्षा ऐनमा व्यवस्था गरिएको छ । पास हुनेले ११ मा नयाँ पाठ्यक्रम पढ्न पाउने छन ।
एसईईको नतिजा अघिल्ला वर्षजस्तै ग्रेड पद्दतीमै सार्वजनिक हुनेछ । उत्तीर्ण हुने परीक्षार्थीले कक्षा ११ मा नयाँ पाठ्यक्रम अनुसार अध्ययन गर्नेछन् । सरकारले हालै कक्षा ११ को पाठ्यक्रम परीमार्जनको निर्णय गरिसकेको छ ।
केन्द्रले लिने एसईई परीक्षा सम्भवतः अन्तिम हुनेछ । किनकी आगामी वर्षदेखि प्रदेशले नै परीक्षा सञ्चालन गर्नेछ ।
प्रदेश १ मा ८४ हजार २ सय ९०, प्रदेश २ मा ७० हजार ४ सय २, प्रदेश ३ मा सबैभन्दा बढी १ लाख ८२ हजार, प्रदेश ४ मा ४८ हजार ९ सय ५४, प्रदेश ५ मा ७९ हजार, कर्णाली प्रदेशमा ३८ हजार र प्रदेश ७ मा ५५ हजार परीक्षार्थी सहभागी छन् । यस वर्षको एसईई परीक्षाका लागि ७७ वटै जिल्लामा १ हजार ९ सय ५६ केन्द्र तोकिएको छ ।
हेर्नुहोस परिक्षा तालिका