नेपालगन्ज : बाँके बैजापुरबाट नेपालगञ्ज आउँदै गरेको बस पूर्वपश्चिम राजमार्गको अगैयादेखि तीन किलोमिटर पश्चिममा दुर्घटना हुँदा १३ जना घाइते भएका छन्। घाइतेमध्ये सातजनाको अवस्था गम्भीर रहेको छ।
राप्तीसोनारी गाउँपालिकाको बैजापुरबाट आइतबार बिहान नेपालगन्ज आउँदै गरेको ना ३ ख ९७५९ नम्बरको बस तीव्र गतिका कारण अनियन्त्रित भएर दुर्घटना भएको इलाका प्रहरी कार्यालय कोहलपुरले जनाएको छ।
ईलाका प्रहरी कार्यालय कोहलपुरका डीएसपी यज्ञप्रसाद भट्टराईका अनुसार घाइतेहरुलाई उद्दार गरी उपचारका लागि नेपालगन्ज मेडिकल कलेज शिक्षण अस्पताल कोहलपुर पठाइएको छ। दुर्घटनाका कारण बिहान दुई घण्टासम्म पूर्वपश्चिम राजमार्ग पूर्णरुपमा अवरुद्व भएको छ।
केहीबेर अघि बसलाई सडकबाट हटाएर राजमार्ग खुलाइएको र घाइतेको उपचारका लागि कोहलपुर मेडिकल कलेजमा पठाइएको डीएसपी भट्टराईले बताए। सामान्य घाइतेहरुको प्रथामिक उपचार गरी पठाइसकेको छ। यसैबीच दुर्घटनामा घाइते भएकाहरुको उपचारका लागि कुनै पनि कमी हुन नदिन बाँके प्रदेशसभा सांसद कृष्णा केसी नमुनाले सम्बन्धित निकायलाई निर्देशन दिएकी छन्।