WordPress database error: [Can't create/write to file '/var/tmp/#sql_4f751_3.MAI' (Errcode: 28 "No space left on device")]SHOW FULL COLUMNS FROM `tc_postmeta`
WordPress database error: [Can't create/write to file '/var/tmp/#sql_4f751_3.MAI' (Errcode: 28 "No space left on device")]SHOW FULL COLUMNS FROM `tc_postmeta`
माओवादी केन्द्र निकट अखिल(क्रान्तिकारी)ले कठ्यांग्रिदो जाडो र सितलहरबाट बँच्नका लागि सप्तरीमा राहत वितरण गरेको छ । क्रान्तिकारीले ३ सय पीडित परिवारलाई न्यानो कपडा बाढेकाे हो ।
राजविराज नगरपालिकाको वडा नंं १३ को विसहरिया टोल र तिरहुत गाँउपालिकाको लोहजारा टोलका १५०/१५० पीडित परिवारलाई राहत स्वरुप न्यानो कपडा वितरण गरेको क्रान्तिकारीका उपाध्यक्ष सुरेन्द्र बस्नेतले जानकारी दिए ।
कपडा वितरण कार्यक्रममा क्रान्तिकारीका पूर्वअध्यक्ष रमेश मल्ल, अध्यक्ष रञ्जित तामाङ, उपाध्यक्षहरु त्रय बस्नेत, विजय गौतम, इन्द्र भुषालसहित माओवादीका जिल्ला संयोजक अशोककुमार मण्डल ‘अमर’ थिए । कार्यक्रममा प्रत्येक परिवारलाई एक–एक वटा कम्वल र ज्याकेट वितरण गरेको उपाध्यक्ष बस्नेतले जानकारी दिए ।