काठमाण्डौ । नेपाल सरकारले पौष २७ लाई राष्ट्रिय एकता दिवसको मान्यता दिए पछि देशव्यापी रुपमा हिजो २९६ औ पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवस मनाइएको छ । यसै क्रममा विश्व ठकुरी समुदयको साझा संस्था ठकुरी सहयोग संजालको नेतृत्वमा सयौ ठकुरीहरु पृथ्वी नारयाण शाहले पहिलो विजय प्राप्त गरेको नुवाकोट दरबार र उहाको अन्तिम संस्कार गरिएको देविघाट पुगेर यो वर्षको पृथ्वी जयन्ती मनाएका छन् । हरेक वर्ष संजालले काठमाण्डौमा रहेर सरकारलाई ज्ञपान पत्र बुझाउने र ¥याली तथा उहाको योगदान बारे बिचार गोष्ठी गरेर पृथ्वी जयन्ती मनाउने गर्दथ्यो ।
काठमाण्डौबाट गएको ठकुरीहरुको समुह नुवाकोट दरबार नजिकै रहेको भैरवी उच्च माध्यमिक विधालयको प्रांङगणमा पुगेर ¥यालीमा परिणत भएको थियो । ¥याली नुवाकोट दरबारमा श्री ५ पृथ्वी नारायण शाह स्मृती प्रतिष्ठानले आयोजना गरेको कार्यक्रमा भेला भयो । भेलालाई ठकुरी सहयोग संजालका केन्द्रिय अध्यक्ष रेशम जंग शाहले सम्वोधन गरेका थिए । शाहले सरकारको निर्णयलाई आफुहरुको विजयको संज्ञा दिदै जसको कारण विजय उत्सव मनाउन बडामहाराज धिराजले पहिलो विजय गरेको नुवाकोट दरबारमा आएको बताए । सरकारको यो निर्णय विरुद्ध केहि समुहहरु उत्रिएकोमा शाह निकै आक्रोस देखिन्थे । उनले भने, “केही सानो समुह सरकारले पौष २७ मा दिएको विदा खारेज हुन पर्छ भन्दै उत्रिएको छ, यसकारण सरकारको यो निर्णय मलाई स्थायी लागेको छैन, हामी चनाखो हुन जरुरी छ ।” शाहले विदेशी शक्तीको पद र पैसाको प्रलोभवनमा परि विदेशी संस्कृतीलाई प्रोत्साहन गरेको र राष्ट्रिय एकिकरणका नायकलाई अवहेलिना गरेको भन्दै नेताहरु माथि पनि आक्रोस समेत पोखे । नेताहरुलाई बडामहाराज धिराजको जस्तो कुटनिती प्रयोग गरेर देश बनाउन उनको सुझाव थियो ।
दरबारको कार्यक्रम पछि ठकुरीहरुको समुह पृथ्वी नारायण शाहको देवसान भएको र अन्तिम संस्कार गरिएको देविघाट पुगेको थियो । त्यहाँ पुगेर सबैले पृथ्वी नारायण शाहलाई जलाईएको चितामा पानी चढाएर उनको शालिकमा पुगेर सम्मान प्रकट गरेका थिए ।
कार्यक्रममा ठकुरी समाज महासंघका वरिष्ठ उपाध्यक्ष खीम बहादुर शाही लगायत, ठकुरी सेवा समाज गोगंबु, ठकुरी सहयोग संजाल काभ्रेको पनि सहभागिता रहेको थियो ।