चलचित्र यो समाजको ‘यो गाउँले कान्छालाई…’ बोलको गीत सार्वजनिक भएको छ । पुर्वेली गायक सुबी राई र चर्चित गायिका मेलिना राईको स्वर रहेको गीत सार्वजनिक भएको हो ।
लब्ली तुलसीको शब्द रहेको गायक स्वयम् कै सङ्गीत र चन्दु गोर्खालीको सङ्गीत संयोजन रहेको छ । मनि कुमार राईको नृत्य निर्देशन रहेको यो गीतमा सञ्जोक र सरिनाको अभिनय छ ।
नविन भुजेलले निर्देशन गरेको यो चलचित्रलाई सञ्जिव धमला निर्माण गरेका हुन् ।