वैदेशिक रोजगार विभागका महानिर्देशक विश्वराज पाण्डेलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोग टोलो आयोगका सहायक प्रवक्ता एवं सूचना अधिकारी खगेन्द्र प्रसाद रिजालले जानकारी दिनु%ाण्डेलाई नियन्त्रणमा लिएको आयोगका सहायक प्रवक्ता एवं सूचना अधिकारी खगेन्द्र प्रसाद रिजालले जानकारी दिनुभयो ।
विभागका शाखा अधिकृत कृति बल्लभ पौडेल र नायव सुब्बा खड्गबहादुर केसी राजधानीको नयाँबानेश्वरबाट १० लाख रुपैयाँ घुस सहित पक्राउ परेपछि अख्तियारले उनीहरुकै बयानका आधारमा पाण्डेलाई पनि नियन्त्रणमा लिएको हो । अख्तियारकाअनुसार, १० लाख रुपैयाँ लेनदेनको विषयमा पौडेल र केसीले पाण्डेको नाम समेत लिएका थिए ।
वैदेशिक रोजगार न्यायाधीकरणमा विचाराधीन मुद्दा मिलाइ दिने भन्दै एक म्यानपावर कम्पनीबाट सो रकम लिएको प्रारम्भिक अनुसन्धानमा खुलेको सहायक प्रवक्ता रिजालले बताउनुभयो । पौडेल र खड्का दुवै जनाले महानिर्देशकले पनि घुस लिएको बताएपछि अनुसन्धानका लागि पाण्डेलाई पनि नियन्त्रणमा लिएको अख्तियारले जनाएको छ ।