नेपाली सिनेमा ‘शेरबहादुर’ को कान्छी मट्याङ ट्याङ रिलिज गरिएको छ । मंगलबार काठमाण्डौँको इन्द्रेणी फुडल्याण्डमा प्रेसमिट गरेर सार्वजनीक गरिएको गीतमा मेनुका प्रधान , कर्मा र रविन्द्र झालाई फिचर गरिएको छ । ‘शेरबहादुर ’एक अवकास प्राप्त आर्मीको कथामा आधारित थ्रिलर जनराको सिनेमा हो । झट्ट नाम सुन्दा राजनीतिको गन्ध आए पनि यो कुनै राजनीतिसंग सम्बन्धित सिनेमा होइन । सुनिल थापा , कर्मा , मेनुका प्रधान , रविन्द्र झा यस सिनेमाका मुख्य कलाकारहरु हुन् भने धिराज प्रोडक्सनमा बनेको यस सिनेमा सम्भवत नेपालको सिने इतिहास मै पहिलो पटक सेट निर्माण गरेर ८० प्रतिशत सिनेमा खिचिएको हो । जुन सेट तयार गर्न मात्रै २५ लाख बढीको खर्च गरिएको छ । सेट तयार गरेर सिनेमा खिच्ने चलन हलिउड वा बलिउडमा निकै भए पनि नेपालमा एकदमै कम हुने गर्छ । जुन प्रयोग ‘शेरबहादुर ’ले गरेको छ ।
निर्देशक आर राजवंशि हुन् भने निर्माताका रुपमा बरिष्ठ छायांकार गौरीशंकर धुजु , धिराज राजवंशी हुन् । माघ १९ गते रिलिज मिति तय गरेको यस सिनेमाले आज गीत रिलिज गरेको छ । कोशिस क्षेत्रीको शब्द संगीत र स्वर रहेको यस गीतमा मिना निरौलाले कोशीसलाई गीतमा साथ दिएको छ ।
यसै सिनेमाबाट पहिलो नेपाल भाषाको सिनेमा शिलु, गिती कथा गौथली, ऐतीहासिक सिनेमा प्रेमपिण्ड ,धार्मीक सिनेमा श्री स्वस्थानी जस्ता २ सय बढी सिनेमामा नृत्य निर्देशन गरेका बसन्त श्रेष्ठले लामो समय पछि यस सिनेमामा समावेश एउटै मात्र रहेको गीतमा कोरियोग्राफ गरेका छन् । जात्रा निर्देशक प्रदीप भट्टराईको सह निर्देशन रहेको सिनेमाका सिनेम्याटोग्राफर दीर्घ गुरुङ हुन् ।
निर्माता गौरीशंकर धँुजु ः निर्माता गौरीशंकर धुँजुँ बरिष्ठ सिनेम्याटोग्राफर हुन् । कस्तुरी ,मनकामना , चोट , सौभाग्य , जन्मभूमी , घुम्टो लगाएतका २ दर्जन जती सिनेमामा सिनेम्याटोग्राफरको काम गरेका धुँजुँका धेरै शिष्यहरु अहिलेका चर्चित सिनेम्याटोग्राफर रहेका छन् । सिनेमा निर्माणको हिसाबले गौरीका सिनेमा शेरबहादुर दोस्रो हो । पहिलो सिनेमा घुम्टो जुन गौरीले आफ्ना साथीहरुसंग मिलेर निर्माण गरेका थिए ।
निर्देशक आर राजवंशी ः निर्देशक आर. राजवंशी पेसाले पाइलट हुन् । बेलामौकामा सिनेमा , टेलिसिनेमाहरु निर्देशन गरिरहेका छन् । उनको पाइलट पेसा भन्दा निर्देशन नै जेठो हो । ३ दशक पुरानो सिनेमा निर्देशन गर्ने अुनभव संगालेका राजवंशीले भिएचएक्स , म्याटिक हुदै डिजिटल प्रविधिमा काम गरेका राजवंशीले लामोसमय पछि सिनेमा निर्देशन गरेका हुन् ।
https://www.youtube.com/watch?v=1hdduPEDBg4