उदाउँदो सूर्यलाई अर्घ दिएसँगै छठ पर्व आज सम्पन्न भएको छ । व्रतालुहरुले हिजो साँझ अस्ताउँदो सूर्यलाई अर्घ दिएका थिए । रातभर जाग्राम बसेका उनीहरुले आज बिहान उदाउँदो सूर्यलाई विधिपूर्वक अर्घ दिएका हुन् ।
सूर्यलाई अर्घ दिन नेपालगन्जसहित बिभिन्न जिल्लाहरुका नदी, तलाउ, खोला लगायतका किनारमा व्रतालुहरुको घुइँचो लागेको छ । अर्घको रूपमा ठकुवा, कसार, केरा, उखु, मेवा मिष्ठान्न, गेडागुडी र विभिन्न वनस्पति, भुसवा, माटोको हात्ती, सुप, कनसुपती, कलशसहितको घैँटो सूर्यलाई अर्पण गर्ने चलन छ ।
खासगरी मिथिलाञ्चल क्षेत्रमा छठको विशेष उल्लास छ । नेपालगन्ज स्थित बागेश्वरी मन्दिरमा समेत छठ मनाउन मानिसहरुको भिडभाड लागेको थियो ।