दीपबहादुर घर्ती
जाजरकोट, २५ चैत । प्रवेशिका परिक्षाको सातौं दिन विहिवार जिल्लाको एक परिक्षा केन्द्रमा विरामी परेका १० जना विद्यार्थीले एसएलसी परिक्षा दिन सकिरहेका छैनन् । शारिरीक रुपमै निकै अस्वस्थ हुने गरि विरामी परेका एकै परिक्षा केन्द्रका १० जना विद्यार्थीले परिक्षा दिन नसकेका हुन् । लक्ष्मी प्राप्ती उच्च मावि खुर्पामा रहेको परिक्षा केन्द्रमा हिजो देखि विरामी पर्न थालेका १० जना विद्यार्थीले सातौं दिनको परिक्षा दिन नसकेको केन्द्राध्यक्ष दिनेश सिंहले वताए । विरामी परेर परिक्षा दिन नसकेका विद्यार्थीहरुरुमा थर्पु मावि ढिमेका सुनिता डाङ्गी, जानुका नेपाली, सविता रोकाय, माया सिंह र शिवराज थापा रहेका छन् भने, जनता उच्च मावि पैंकका प्रतिक्षा सिंह, माया देवी सिंह, पवित्रा विक, सुनज्वारा सिंह र भविन्द्र रोकाय रहेको केन्द्राध्यक्ष सिंहले जानकारी दिए ।
परिक्षा दिन नसक्ने गरी विरामी परेका विद्यार्थीहरुका लागी तल्लो कलासमा अध्ययन गरिरहेका विद्यार्थीहरुलाई सट्टामा राखी परिक्षा दिन लगाइएको केन्द्राध्यक्ष सिंहको भनाई छ । विरामी अवस्थामै परिक्षामा सहभागी विद्यार्थीहरुको संख्या निकै ठुलो रहेको सिंहले वताए । उनले दिएको जानकारी अनुसार परिक्षा हलमा सहभागी भएर परिक्षा दिईरहेका तर विरामी परेका विद्यार्थी हिजो झण्डै २५ जना थिए भने, आज ३४ जना विद्यार्थी रहेका छन् । टाउको दुख्ने, खोकी लाग्ने, ज्वरो आउने, रिङगाटा लाग्ने जस्ता लक्षण विरामीहरुमा देखिएको सिंहले वताए । यस परिक्षा केन्द्रवाट परिक्षा दिने विद्यार्थीको संख्या ३ सय ७४ जनाको रहेको छ भने, यस केन्द्रवाट जनता मावि समाईला, जनता उच्च मावि पैंक र थर्पु मावि ढिमेका विद्यार्थीहरुले परिक्षा दिईरहेका छन् । विरामी भएर औषधीको माग गर्दै आफुसंग पुगेका ३४ जना विद्यार्थीहरु मध्य १२ जनाले पखालाको औषधी र २२ जनाले रुघाखोकी, ज्वरोको औषधी खाएको परिक्षा केन्द्रमै उपचारको लागी पुगेकी अनमी निर्माला थापा (मल्ल) ले वताईन् ।
परिक्षा दिईरहेका विद्याथीहरुमा देखा परेको रुघााखोकी र ज्वरोलाई महामारीको रुप लिन नदिन आफु उपचारमा लागि परेको अनमी निर्मला थापा (मल्ल) को भनाई छ । उता जनप्रिय उच्च मावि दसेरामा गत १९ गते देखी आजका मिति सम्म देखा परेका पखालाका विरामीहरुकोे संख्या एक सय २९ जना पुगेको जिल्ला अस्पतालको महामारी शाखाले जनाएको छ । विहिवार मात्रै दसेरामा पखालाको उपचार गराउनेको संख्या १४ जना रहेको दसेरा स्वास्थ्य चौकी ईन्चार्ज नविना कँडेलले जानकारी दिईन । पखाला नियन्त्रणका लागी जिल्ला अस्पतालवाट आवश्यक औषधी सहित डा.दिवस सापकोटा हिजो नै दसेरामा पुगेका छन् । गत २१, २२ र २३ गते देखा परेका विरामीको संख्या निकै घट्दो अवस्थामा आई पखाला नियन्त्रण भईसकेको महामारी फोकल व्यक्ति कृष्णबहादुर खत्रीले वताएका छन् । सुख्खा मौसमका कारण जिल्लाका केही भागहरुमा देखा परेको पखाला र ज्वरोका विरामी हुनको मुख्य कारण, दुषित खोलाको पानी प्युनू, खानपिनमा अनियमितता र सरसफाईमा कमि हुनु, एसएलसी परिक्षामा विद्यार्थीहरुको होम सेन्टर परिवर्तन गर्नु लगाएततका कारण भएको महामारी फोकल व्यक्ति कृष्णबहादुर खत्रीले ठोकुवा गरे । खोलामा वगिरहेको पानी प्युनूको साटो मुलको पानी पाईप लाईनवाट घरमा लिएर खाने गरेमा महामारी जस्ता धेरै रोगहरु आफै नियन्त्रण हुने उनको दावी छ । जिल्ला भरीकै खानेपानीलाई व्यवस्थित गर्न खानेपानी तथा सरसफाई सव डिभिजनले ध्यान दिनु पर्नेमा खत्रीले जोड दिए । त्यसैगरी विरामीहरुको उपचारका लागी गाउँ–गाउँमा रहेका स्वास्थ्य चौकी भवनहरु व्यवस्थित हुनु पर्नेमा पनि खत्रीले जिक्किर गरे । दसेरा स्वास्थ्य चौकीको भवन निर्माणका लागी निर्माण कम्पनीले जिम्मा लिएको ५ वर्ष वितिसकेको तर निर्माण कार्य सम्पन्न नहुदा स्वास्थ्यकर्मीहरुले विरामीलाई दिने उपचार सेवामा निकै कठिन भएको उननले औल्याए । जिल्लाको महामारी अवस्थालाई अध्ययन गरी पुर्व सतर्कता अपनाउन क्षेत्रिय स्वास्थ्य निर्देशनालय सुर्खेका महामारी फोकल व्यक्ति श्याम आचार्य लगाएतको एक टोली विहिवार नै जिल्लामा आई पुगेको छ । समग्र जिल्लाको वस्तुस्थिति अध्ययन गरी सावधानीका लागी सवै कामहरु पुरा गर्ने श्याम आचार्यले वताएका छन्