दाङ,२८ माघ । आगलागीबाट हुने विपद्लाई मध्यनजर गर्दै देउखुरीका सरकारी स्वास्थ्य संस्थामा आवश्यक औषधि र सामग्री निशुल्क प्रदान गरिएको छ ।
जीवनजल, सलाइनपानी, ब्यान्डेज, मल्हम, घाउ सफा गर्ने औजारसहित रु ७२ हजार रुपैयाँ बरावरको सामग्री निःशुल्क प्रदान गरिएको हो ।
आगोले पोलेपछि हुने घाउ, चोटको उपचारका लागि रेडक्रसको अन्तर्राष्ट्रिय संस्था आइसी आरसीले नेपाल रेडक्रस उपशाखा लालमटीयको समन्वयमा प्राथमिक स्वास्थ्य केन्द्र लमही, सिसहनिया स्वास्थ्य चौकीमा औषधि र उपचार सामग्री प्रदान गरेको छ ।
सिसहनियाँको पहाडी गाउँ पुनखोलामा बिरामी बोक्न सहयोग पुग्ने स्टेचर प्रदान गरिएको छ । नेपाल रेडक्रस उपशाखा लालमटीयामार्फत स्वास्थ्य संस्था र समुदायमा विपद्को समयमा गरिने औषधि उपचारलाई सहयोग पु¥याउन सामग्री प्रदान गरिएको आइसी आरसीका क्षेत्रीय प्रमुख कविराम मगरले जानकारी दिएका छन ।
देउखुरी क्षेत्रमा आगलागीका घटना हरेक वर्ष बडदै आईरहेका छन् । आगोमा पोलिएर घाइते हुनेहरुको उपचार लमहीको प्राथमिक स्वास्थ्य केन्द्रलगायत अन्य स्वास्थ्य संस्थामा हुने गर्छ । सहयोग प्राप्त औषधि र सामग्री सबै उपयोगी रहेको प्राथमिक स्वास्थ्य केन्द्र लमहीका रुपनारायण चौधरीले बतायका छन् ।