चलचित्र “आधा पेज”ले आफ्नो रिलिज मिति तय गरेको छ ।चलचित्र “आधा पेज” पुष १० गते बाट प्रदर्शनमा आउने भएका छ ।बिहिबार एफडी कम्पनीका अध्यक्ष नरेन्द्र महर्जन र चलचित्रका निर्माता लीला बहादुर न्यौपाने बिच चलचित्रलाई पुष १० गते एफडी कम्पनी प्रदर्शन गर्ने सम्जौता भएको छ ।
पुष १० गते राजधानी र राजधानी बाहिर गरेर करिब ६० वटा हाल बाट यस चलचित्र प्रदर्शनमा आउने छ ।समुन्द्र भट्टको निर्देशन रहेको चलचित्र “आधा पेज” ले यस अघि नै देशका आठ सहरमा चलचित्रको फेसबुक पेजलाई इन्भाइट गरेर सबै भन्दा बढी लाईक गराउने र सामाजिक संजालमा प्रचार प्रसार चलचित्रका मुख्य कलाकार सग डिनर र घुम्ने मौका दिइने छ बह्न्दै प्रचार प्रसार सुरु गरि सकेको छ ।
चलचित्र “आधा पेज”मा सलोन बस्नेत ,रिस्ता बस्नेत ,रुपेश न्यौपाने बिपना बस्नेत , दीपक क्षेत्री ,सुरज आरडी,सन्तोष ढकाल,सारिका न्यौपाने, अशिम आरडीको पनि मुख्य अभिनय रहेको छ ।रमण गायक र रुपक न्यौपानेको शब्द तथा सगीत यस चलचित्रमा रुपक न्यौपाने र रोशनी रिमाल स्वर रहेको छ ।चलचित्रमा रामजी लामिछानेको नूत्य निर्देशन,इन्द्र लाल श्रेष्ठको छायांकन ,आकाश बुढाथोकीको कथा ,सन्तोष ढकालको सम्पादन रहेको छ ।
परी फिल्मको प्रस्तुतिमा लीला बहादुर न्यौपाने र ज्ञान बहादुर न्यौपानेले चलचित्रलाई निर्माण गरेका हुन् ।छिट्टै चलचित्र गीत संगीत , ट्रेलर र पोस्टर सार्वजनिक गरिदै छ ।