काठमाडौँ । ह्याकरहरुले, भारतले नेपालमाथी लगाएको अघोषित नाकाबन्दीविरुद्ध भारतका सयभन्दा बढी वेबसाइट ह्याक गरिदिएका छन् । #opbackoffindia भन्दै नेपालका केही ह्याकरले सुरु गरेको यो अभियानमा अन्य देशका ह्याकरहरु पनि संगठित भएका छन् ।
पाकिस्तान, बंगलादेश, अफगानिस्तान, फिलिपिन्स र इन्डोनेसियाका ५० भन्दा बढी देशका ह्याकरहरु भारतीय हस्तक्षेपविरुद्ध हामी नेपालसँगै छौ भन्दै उनीहरुकै प्रयासमा केही दिन अघिदेखि भारतीय बेवसाइटमा आक्रमण भइरहेको छ ।
ह्याकरहरुले,यसको संख्या अझ बढ्दै जाने चेतावनी दिएका छन् । केही दिनअघि भारतीय ह्याकरले backoffindia ट्रेन्डिंगविरुद्द बदला लिंदै नेपाल पत्रकार महासंघ लगायतका नेपाली साइटमा आक्रमण गरेका थिए ।