अनलाइनखबरको आजको ‘मनोरञ्जन भिडियो समाचार’मा हामी दुई महिला कलाकारको कुरा गर्नेछौं । नायिका झरना थापाले आफुले १७ बर्षदेखि निरन्तर रुपमा चलचित्र क्षेत्र खाएको दाबी गरेकी छिन् । उनले यसो भन्नुको कारण पनि रोचक नै छ ।
यता, कलाकार दीपाश्री निरौला आफू ‘सदाबाहार मोटी सुन्दरी’ भएको बताउँछिन् । आफूले पैसा हालेर चलचित्रमा झुलुक्क नदेखिएको उनको दाबी छ ।
बलिउड सुन्दरी आलिया भट्टलाई विकिनी लगाउन आखिर कसले रोक्ने र ? उनले फेरि एक चलचित्रमा विकिनी लगाएर धेरैको ध्यान खिचेकी छिन् ।
निर्माता करण जोहरको चलचित्रमा आलियालाई विकिनी लगाउन आपत्ती हुँदैन । यसअगाडि उनले करणकै चलचित्र ‘स्टूडेन्ट अफ द ईयर’मा पनि विकिनी लगाएकी थिइन् । यस्तै रमाइला प्रसंङ्ग आजको ‘मनोरञ्जन भिडियो समाचार’ मा ।