बजरंगी भाइजान बलिउड अभिनेता सलमान खानको जिवनकै सफलतम फिल्म सावित भयो । व्यापारिक हिसाबले मात्रै सफल भएको होइन, समिक्षकहरुले पनि लामो समयपछि सलमानको कुनै फिल्मको तारिफ गरे । संभवतः यतिबेला अमिर खान थकथकी मानिरहेका होलान् । खासमा यो फिल्मका लागि सलमानभन्दा अघि उनलाई अफर आएका थिए र उनले रिजेक्ट गरेका थिए । अमिरले रिजेक्ट गरेपछी निर्देशक कविर खान स्क्रिप्ट बोकेर सलमानकहाँ पुगे । सलमान एकसरो पढ्नासाथै ओके गरिदिए । यो निर्णय उनका लागि ‘मास्टरस्ट्रोक’ सावित भयो । अहिले उनी मनमनै आमिरलाई धन्यवाद दिइरहेका होलान् । सलमानले हालै के खुलासा गरेका छन् अभने अमिरले स्क्रिप्टमा केहि परिमार्जन गर्न चाहेका थिए, डर निर्देशकले मानेनन् । अमिरले रिजेक्ट गरेको फिल्म खेलेर सलमानले हंगामा मच्चाएको यो पहिलोचोटी होइन । यसअघि, सलमानलाई सुपरस्टार बनाउने फिल्म हम आपके है कोन पनि सुरुमा अमिरले रिजेक्ट गरेका थिए । १९९४ मा बनेको सो फिल्मले व्यापारिक सफलताको नयाँ किर्तिमान नै कायम गरेको थियो । यति मात्रै होइन, सलमानको अर्को अविस्मरणीय फिल्म साजन पनि अमिरले रिजेक्ट गरेको प्रोजेक्ट थियो । सलमान मात्र होइन, अमिर खानबाट अर्का खान हिरो साहरुखले पनि खुबै फाइदा लिएका छन् । अमिरले अस्वीकार गरेका दिलवाले दुल्हनीया लेजाएंगे, डर, दिल तो पागल है, जोश, स्वदेश लगायतका फिल्महरुबाट साहरुखले निकै वाहवाही बटुले । ऋमिर खान बलिउडका सबैभन्दा चुजी अभिनेता हुन् । वर्षमा मुस्किलले एउटा फिल्म गर्ने अमिर कतै आफ्नो बढि चुजी स्वभावले गर्दा धोका त खाइरहेका छैनन् ?