यदि तपाई धेरै यात्रा गरि रहनु हुन्छ र बिजुली नभएका कारण आफ्नो मोबाइल चार्ज गर्न समस्या हुने गरेको भए अब तपाईले सो समस्याबाट मुक्ति पाउनु हुने भएको छ । समस्याको समाधानको स्वरुप आएको छ एक अनौठो मोबाइल चार्जर जसले बिना बिजुली तपाइको मोबाइल चार्ज गरि दिन्छ । क्र्यांकमंकी नामको यो चार्जरमा हेंडल तथा यूएसबी केबल हुन्छ । तपाईले आफ्नो मोबाइललाई सो यूएसबी केबलमा कनेक्ट गरेपछि, त्यसमा रहेको हेन्डेल घुमाउनु पर्ने छ । हेन्डेल घुमाउना साथ बिजुली पैदा हुन्छ र तपाइको मोबाइल फोन चार्ज हुन लाग्छ ।
क्र्यांकमंकी चार्जरको सबै भन्दा राम्रो विशेषता भनेको यसले १० मिनेट मात्र पनि मोबाइल चार्ज गर्यो भने त्यसले २० मिनेट कुरा गर्न मिल्छ । ३४६ ग्राम बजन भएको यो चार्जरले एक्शन कैमरा, इलेक्ट्रिक टॉर्चर तथा जीपीएस जस्तो गैजेट्स पनि चार्ज गर्न सकिन्छ ।
हाल यो चार्जर यूकेमा मात्र बिक्री भइ रहेको छ , जहाँ यसको मूल्य ९९ पाउण्ड छ । बिस्तारै यसलाई एसियन देशहरुमा ल्याउने तयारी भई रहेको कम्पनीले जनाएको छ ।