यसै पनि बलिउडमा सेक्सी हिरोइनका रुपमा चिनिन्छन् आलिया भट्ट । अब चाहिँ उनी साँच्चिकै सेक्सी अवतारमा प्रस्तुत हुने तयारीमा छिन् ।
प्रदर्शनउन्मुख फिल्म ‘शानदार’मा आलिया बिकिनीमा देखिने भएकी हुन् । फिल्मको ट्रेलरमा उनलाई नायक शहिद कपुरसित व्यापक मस्ति गरिरहेको देखिन्छ । गुलाबी रंगको बिकिनी लगाएर उनले हट सिनहरु पनि दिएकी छिन् ।
फिल्मको ट्रेलर लञ्च गर्ने कार्यक्रममा आलियाले ‘विकिनी बडी’ बनाउन आफूले खुबै मिहिनेत गरेको बताइन् । ‘तपाईंले फिल्ममा मेरो जस्तो शरीर देख्नु भएको छ, त्यो त्यति सजिलै बनाएकी होइन मैले । धेरै मिहिनेत गरेकी छु,’ तर के मिनिनेत गरेको भन्ने चाहिँ उनले खुलाइनन् ।