बजरंगी भाइजान फिल्मबाट जति चर्चा सलमानले पाए त्यो भन्दा कम चर्चा भएन बालकलाकार हर्षालीको को । उनले भारतमा आएर हराएकी पाकिस्तानी बालिकाकेा भूमिका निभाएकी थिइन्, जसलाई सलमानले संघर्षपूवर्क पाकिस्तान लगेर उनको परिवारलाई जिम्मा लगाउँछन् ।
यतिबेला भारतीय मिडियाहरुले एउटी भारतीय केटी पाकिस्तानमा लामो समयदेखि यसैगरी अड्किरहेको प्रचार गरिरहेका छन् । उनीहरुले फिल्ममा मुन्नीलाई स्वदेश फर्काएजस्तै गीतालाई ल्याउन सलमानले पहल गर्नुपर्नेमा जोड दिएका छन् । तर सलमान यसो गरिहाल्न तयार छैनन् ।
हालै एक पत्रकार सम्मेलनमा उनले भने, ‘हामीले पाकिस्तानको एनजिओलाई धन्यवाद दिनुपर्छ जसले त्यहाँ हराएकी गीतालाई संरक्षण र सहारा दिएको छ । जब उनी यति वर्षदेखि पाकिस्तानमा बसिरहेकी छिन् भने त्यहाँ उनको छुट्टै परिवार होला, साथी भाई होलान् । त्यसैले भारत फर्काउनुअघि यो विचार गर्नुपर्छ कि त्यहाँ उनी जस्तो जीवन बाँचिरहेकी छिन् यहाँ आएपछि पाउँछिन् कि पाउँदिनन । यदि राम्रो जीवन पाउँदिनन् भने ल्याउनुको के औचित्य हुन्छ ?’
बजरंगी भाइजानबाट नेसनल अवार्ड पाउन सक्ने सम्भावनाका बारेमा सोधिएको प्रश्नमा उनले खुलेर जवाफ दिएनन् । उनले यत्ति भने, ‘मेरो लागि दर्शकको माया नै सबैन्दा ठूलो अवार्ड हो ।’
सो प्रेसमिटमा सलमानले हालै मृत्यूदण्ड दिइएका आतंकवादी याकुव मेननको विषयमा उनले गरेका विवादास्पद ट्वीटको विषयमा केहि बोल्न मानेनन् ।
– See more at: http://www.onlinekhabar.com/2015/08/311535/#sthash.DGZF93pJ.dpuf