अहिलेको ई जेनेरेसनको युगमा हामी दैनिक रुपमा ल्यापटप र कम्प्युटर चलाई रहन्छौ । प्राय हाम्रो काम इन्टरनेट सम्बन्धित हुन्छ । कुनै काम नभए पनि हामी सामाजिक संजालमा मग्न हुन्छौ । तर इन्टरनेट चलाउदा चलाउदै केही कारणबस इन्टरनेट चल्न बन्द भयो भने हामी इन्टरनेटको प्रतिक्षामा हुन्छौ ।
तर हामी मध्ये धेरैलाई थाहा नहोला, सर्बाधिक प्रयोग हुने वेब ब्राउजर ‘गुगल क्रोम’ भित्र एउटा खेल लुकेको छ जुन इन्टरनेट नहुदा मात्र चल्छ । यसलाई न त् डाउनलोड गर्नु पर्छ न त् इन्स्टल नै । इन्टरनेट नहुदा यो गेम आफै आउछ र इन्टरनेट आउन साथ पेज रिफ्रेस गर्दा आफै हराउछ ।
जब क्रोममा इन्टरनेटमा नेट चल्दैन तपाईको स्क्रिन यस्तो देखिन्छ ।