काठमाडौँ २६, साउन । गूगलले ‘अल्फाबेट इंक’ नामक एक नयाँ कम्पनी स्थापना गरेको छ । गुगल स्वयं यस कम्पनीको अधिनमा चल्ने छ । यो नयाँ कंपनीमा गूगलले आफ्नो सबै लोकप्रिय सेवाहरु राख्नेछ । गूगलका संस्थापक लैरी पेजले गुगलले धेरै प्रकारको सेवा दिईरहेकोले कंपनीको पुनर्संरचना गरेको र यसले कंपनीलाई सहज तरिकाबाट अघि बढ्न सहयोग गर्ने बताए ।
एक ब्लग पोस्टमा उनले भने ‘हाम्रो कंपनी राम्रो चलिरहेको छ तर अब यसलाई स्वच्छ र जवाबदेही बनाउन सक्छौ ‘। ‘अल्फाबेट इंक’ आएसंगै संस्थापक ल्यारी पेज र सर्गेइ ब्रिन ‘अल्फाबेट इंक’ को नेतृत्वमा गएका छन् भने भारतीय मूलका सुन्दर पिचाईले गुगलको सीईओमा नियुक्त भएका छन् । अब पेज अल्फाबेटका मुख्य कार्यकारी अधिकारी हुने छन् ।
गूगलका सह-संस्थापक सेरगे ब्रिन अब अल्फाबेटको अध्यक्ष हुने छन् भने गुगलका चेयरमैन एरिक श्मिट अल्फाबेटको कार्यकारी चेयरमैन भएका छन् । यो संगै गुगलले आफ्ना उत्पादन तथा सेवाहरुलाई नयाँ मातृ कम्पनीको मातहतमा लानेछ । तर गुगल सर्च, एप्स, एन्ड्रोइड तथा यु ट्युब भने गुगल कम्पनीकै मातहतमा रहनेछन् ।
लगानी तथा अनुसन्धान महाशाखा, स्मार्टहोम युनिट नेष्ट, ड्रोन लगायतका परियोजना भने अल्फाबेट कम्पनी अन्तरगत हुनेछन् \