काठमाडौं, २१ श्रावण । अहिलेको युग ‘ई-जेनेरेशन’को युग हो । हामी इन्टरनेटबिनाको दैनिकी कल्पना पनि गर्न सक्दैनौ । अझ सामाजिक संजाल त हाम्रा लागि आधारभूत आवश्यकता जस्तै भैसक्यो ।
internetइन्टरनेटको प्रयोगबिना एक पाइला पनि चाल्न नसक्ने भैसकेका छौ तर हामी मध्ये धेरैलाई इन्टरनेटको बिषयमा जानकारी नहुन सक्छ । हामीले हरेक वेबसाइटको अगाडि लेख्ने ‘डब्लु डब्लु डब्लु’ अर्थात् ‘वोर्ल्ड वाइड वेब’ आज भन्दा २४ वर्ष अगाडि आज (सन् १९९१, अगस्ट ६) कै दिन सार्बजनिक गरिएको थियो । त्यो दिन नै वर्तमान इन्टरनेटको लागि सबै भन्दा महत्वपूर्ण दिन रह्यो । त्यही ‘डब्लु डब्लु डब्लु’ अर्थात् ‘वल्ड वाइड वेब’ले आज सम्पूर्ण इन्टरनेटलाई सबै सामु पुरयाउने माध्यमको रुपमा भूमिका निभाइरहेको छ ।
www.info.cern.ch इन्टरनेटको पहिलो वेबसाइट थियो । त्यसयता वेबसाइटको संख्या विश्वास गर्न नसकिने गतिमा बढी रहेको छ । सन् १९९१ मा एउटा मात्र वेबसाइट रहेकोमा सन् २०१४ सम्ममा वेबसाइटको संख्या १ बिलियन नाघेको थियो ।
अहिले अत्यधिक प्रयोग हुने साइटहरु मध्ये गुगल सन् १९९८ मा, फेसबुक सन् २००४ मा आएको थियो भने युट्युब २००५ मा सार्बजनिक गरिएको थियो । डेलीमेलले गरेको एक सर्वेक्षण अनुसार अहिले १ मिनेटमा ७० ओटा भन्दा बढी वेबसाइट दर्ता हुने गर्छन् ।
वेवसाइटहरुको अध्यन तथा सर्वेक्षण गर्ने साइट एलेक्साबाट बिश्वभर प्रयोग हुने वेबसाइटहरुको अबस्था अध्ययन गर्न सकिन्छ । नेपालमा प्रयोग हुने ‘टपटेन’ साइटहरुमा सामाजिक संजालको साथै समाचारका साइटहरु रहेका छन् । त्यसपछि ब्यापारिक साइटहरु अगाडि देखिएका छन् ।