मुम्बई । द्रोपतिको भूमिकामा अभिनय गर्ने चाहना राखेकी अभिनेत्री मल्लिका शेरावतले द्रोपतिको भूमिकामा अभिनय गर्न पाउछिन् पाउदिनन् त्यो भने फाइनल भएको छैन । तर, द्रोपति जस्तै कतियुगकी चर्चित पात्र राधे माँ को भूमिकामा भने देखिने भएकी छिन् ।
रातो साडी, ओठमा लिपिष्टिक, र आँखामा आई स्याडो लगाएर हिंड्ने राधे माँ आफुलाई जीबीत देबी दाबी गर्छिन ।
रणजीत शर्माले राधे माँ माथी फिल्म बनाउने जानकारी दिंदै फिल्मको नाम ‘मोडल राधे माँ’ राख्ने बताए । निर्माता शर्माको भनाई अनुसार मल्लिका शेरावत राधे माँ बनेर प्रस्तुत हुनेछिन् ।
पछिल्लो समय राधे माँ विवादको पर्याय जस्तै बनेकी छिन् । उनको वारेमा धेरै विवाद भएकै कारण आफुले फिल्म बनाउने निर्णय गरेको निर्माता शर्माको भनाई छ ।
मल्लिका र राधे माँका वारेमा केही समानता रहेको पनि भारतीय सञ्चार माध्यमले उल्लेख गरेको छ । राधे माँ पञ्जाबकी हुन् भने मल्लिका पञ्जाबको छिमेकी राष्ट्र हरीयाणाकी हुन् । यी दुबै आ-आफ्नो क्षेत्रमा चर्चित छन् ।