WordPress database error: [Can't create/write to file '/var/tmp/#sql_4f751_3.MAI' (Errcode: 28 "No space left on device")]SHOW FULL COLUMNS FROM `tc_postmeta`
WordPress database error: [Can't create/write to file '/var/tmp/#sql_4f751_3.MAI' (Errcode: 28 "No space left on device")]SHOW FULL COLUMNS FROM `tc_postmeta`
टि-२० विश्वकप क्रिकेट फाइनलमा पाकिस्तानले इंग्ल्यान्डविरूद्ध १३८ रनको लक्ष्य प्रस्तुत गरेको छ।
अष्ट्रेलियाको मेलबर्नस्थित स्टेडियममा भएको फाइनल खेलमा पाकिस्तानले ८ विकेटको क्षतिमा १३७ रन जोडेको हो।
इंग्ल्यान्डले टस जितेर पहिले फिल्डिङ गरेको थियो। इंग्ल्यान्डका लागि साम करनले चार ओभरमा १२ रन दिएर ३ विकेट लिएका थिए।
अदिल रासिद र क्रिस जोर्डनले दुई-दुई विकेट लिए भने बेन स्ट्रोक्सले एक विकेट लिएका थिए। पाकिस्तानका लागि सान मसुदले सर्वाधिक ३८ रन जोडेका थिए।
कप्तान बाबर आजमले ३२ रन जोडेर आउट भएका थिए।