काठमाडौं– नेकपा (माओवादी केन्द्र)ले आसन्न मंसिर ४ गते हुने प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचनलाई मध्यनजर गर्दै घोषणापत्र सार्वजनिक गरेको छ।
सोमबार काठमाडौंमा आयोजित एक कार्यक्रममा माओवादी केन्द्रले आफ्नो घोषणापत्र सार्वजनिक गरेको हो। कृषि क्षेत्रको रुपान्तरण, जलविधुत, स्वास्थ्य, शिक्षा लगायतका विषयवस्तुलाई प्राथमिकतामा राखेको माओवादी केन्द्रले जनाएको छ।
माओवादी केन्द्रको पहलमा देशमा लोडसेडिङ अन्त्य गरेको दाबी गरेको छ। माओवादी केन्द्र र नेकपा (एमाले)बीच २०७४ सालमा नेकपा बनेको र तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधि सभा विघटन गरेका कारण पाँच दलीय गठबन्धन बनेको दाबी गरेको छ।