काठमाडौं। पोखराबाट जोमसोम उडेको तारा एयरको विमान सम्पर्कविहीन भएको छ । तारा एयरको ९ एनएईटी ट्विनअटर विमान सम्पर्कविहीन भएको हो ।
१९ जना यात्रु लिएर विहान ९ बजेर ५५ मिनेटमा पोखराबाट जोमसोमका लागि उडेको जनाइएको छ ।
नागरिक उड्ययन प्राधिकरण पोखराका प्रमुख विक्रम गौतमका अनुसार अवतरण गर्ने समय भएपनि जहाज अहिलेसम्म सम्पर्कमा छैन । जहाजबारे खोजविन सुरु भएको जानकारी दिए ।