बुटवल । बुटवलको मिलनचोकमा बम विस्फोट भएको छ । बुटवल मिलनचोक आकासे पुलनजिक कुकर बम विस्फोट भएको हो ।
सशस्त्र प्रहरी बल बुटवलका डीएसपी सुरज पाण्डेका अनुसार बम विस्फोटबाट कुनै क्षति भएको छैन । बम विस्फोट भएको नजिकै पर्चाहरू रहेको र अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । स्रोत एबिसी सञ्चारबाट