WordPress database error: [Can't create/write to file '/var/tmp/#sql_4f751_3.MAI' (Errcode: 28 "No space left on device")]SHOW FULL COLUMNS FROM `tc_postmeta`
WordPress database error: [Can't create/write to file '/var/tmp/#sql_4f751_3.MAI' (Errcode: 28 "No space left on device")]SHOW FULL COLUMNS FROM `tc_postmeta`
नवलपरासी, ५ कात्तिक – एक सिङ्गे गैँडाको संरक्षण गर्न सचेतना जगाउनका लागि पूर्वी नवलपरासीमा कात्तिक १५ देखि २९ गतेसम्म राइनो संरक्षण गोल्डकप फुटबल प्रतियोगिता २०७५ हुने भएको छ ।
पूर्वी नवलपरासीको मध्यबिन्दु नगरपालिका–२, कोल्हुवामा हुने प्रतियोगितामा नवलपरासी, चितवन, रुपन्देही, कास्की, काडमाडाँै, पाल्पा, मकवानपुरसहित ए डिभिजनका र विभागीय टिमसहित १२ टिमको सहभागिता रहने छ ।
हरेक वर्ष एक सिङ्गे गँैडा संरक्षणका लागि चितवन राष्ट्रिय निकुञ्ज, नन्दभाउजू मध्यवर्ती उपभोक्ता समितिद्वारा आयोजनामा हुने सो प्रतियोगिता विगत १५ वर्षदेखि प्रत्येक वर्ष सञ्चालन हुँदै आएको आयोजक नन्दभाउजू मध्यवर्ती उपभोक्ता समितिका अध्यक्ष दोमनबहादुर भण्डारीले जानकारी दिनुभयो ।
प्रतियोगितामा प्रथम हुनेले रु चार लाख ९९ हजार ५५५ का साथ आन्तरिक पर्यटन विकास गर्न होमस्टे भ्रमणका लागि रु ५१ हजार र द्धितीय हुनेले रु दुई लाख ५० हजार ५५५ पुरस्कार राशि पाउने छन् ।
यसैगरी उत्कृष्ट खेलाडीलाई रु पाँच हजार, प्रतियोगिता भरको उत्कृष्ट खेलाडीलाई रु १० हजार, सर्वाधिक गोलकर्तालाई रु १० हजारसहित प्रमाणपत्र शिल्ड प्रदान गरिने छ भने टिम एलायन्सबापत प्रतिखेल रु तीन हजारका दरले उपलब्ध गराइने छ ।
गैँडा संरक्षणका साथै वन, वन्यजन्तु संरक्षणमा युवाको सहभागिता बढाउने, खेलकूद र पर्यापर्यटनको समिश्रण गरी आन्तरिक तथा बाह्य पर्यटक वृद्धि गर्नेलगायतका उद्देश्य राखेर प्रतियोगिता आयोजना गरिन लागिएको हो ।