मेलम्ची, २ असोज – मेलम्ची नगरपालिका वडा नं ९ फलामेको अग्निपीडित परिवारलाई ‘रेडियो मेलम्ची’ले आर्थिक सहयोग हस्तान्तरण गरेको छ । सहयोगी मनहरुबाट सङ्कलित रु छ हजार पाँच सय एफएम सञ्चालक समितिका अध्यक्ष डम्बर रसिक भारतीले हस्तान्तरण गर्नुभयो ।
कृष्णबहादुर भुजेल र मायादेवी भुजेल दाजुबहिनी बस्ने परिवारको घर जली अन्नपातलगायत सामान नष्ट भई कहीँकतैबाट पनि सहयोग नहुँदा पीडित परिवारले सहयोगको याचना गरेको थियो । ल्याउने खर्च नहुँदा रेडक्रसले दिएको सामान पनि ल्याउन नसकिएको पीडित मायादेवी भुलेलले बताउनुभयो । जाइकाको घुम्ती डकर्मी सहयोगमा अब छिट्टै उहाँहरुको घर बनाउन थालिने जाइका कर्मचारी राम विष्टले जानकारी दिनुभयो ।