काठमाण्डौ, बैशाख १७, ठकुरी सहयोग संजाल महोत्तरी जिल्ला परिसदको तदर्थ समितीको अध्यक्षमा हिना मल्ल सर्वसहमत चयन भएकी छिन् । शनीबार मोहत्तरीको बर्दीबासमा भएको प्रारम्भिक भेलाले मल्ललाई अध्यक्ष चयन गरेको हो । तीन सदस्यि सल्लाहकार परिसद र साद सदस्यि जिल्ला राज परिसदको तदर्थ समती गठन गएिको र विधानत छ महिना भित्र साधारण सभा गरेर उक्त समितीलाई पुर्णता दिने भेलामा संलग्न केन्द्रिय सदस्य एवं प्रदेश नं. २ प्रमुख अजय मल्ल ठकुरीले अनलाईन नेपालगंजलाई बताए ।
सल्लाहकार परिसद तर्फ स्थानिय समाजेसेवी एवं बुद्धीजिवी चिरन्जिवी हमाल, प्रध्यापक तोप बहादुर ठकुरी र समाजसेवी प्रचण्ड सिंह ठकुरी रहेका छन् । त्यस्तै जिल्ला राज परिसद तर्फ उपाध्यक्षमा तोसी हमाल, सचिवमा रोशन मल्ल ठकुरी, कोषाध्यक्षमा शिक्षा हमाल, सहसचिवमा रमेश शाही चयन भएकाछन् भने सदस्यहरुमा विनिता सिंह ठकुरी र प्रकाश हमाल रहेका छन् । तदर्थ समती गठन भएपछि समितीका सदस्यहरुले केही महिना भित्रै ठकुरी जातीको हकहितको लागी उदाहरणिय कार्र्य गरेर संपुर्ण ठकुरीहरुलाई जोड्दै जाने प्रण गरेका छन् । महोत्तरी जिल्लामा सरकारी तथ्याङ्क अनुसार सात सय ठकुरी रहे पनि करिव पन्ध्र सय ठकुरीको बस्ती रहेको स्थानीयहरुको अनुमान रहेको छ । अब ठकुरी सहयोग संजाल आफैले तथ्याङ्क संकलन गर्ने समितीले जनाएको छ ।
जिल्ला स्तरिय प्रारम्भिक भेलालाई संबोधन गर्न केन्द्रिय अध्यक्ष रेशम जंग शाह, सल्लाहकार किरण मल्ल ठकुरी र प्रदेश नं. २ प्रमुख अजय मल्ल बर्दीबास पुगेका थिए । साथै छिमेकी जिल्ला सिराहबाट शिक्षा बिद पाण्डव हमाल र अधिवक्ता प्रेम ठकुरी साथै रौतहटबाट शिक्षक उमेश शाहीको उपस्थिती रहेको थियो ।