WordPress database error: [Can't create/write to file '/var/tmp/#sql_4f751_2.MAI' (Errcode: 28 "No space left on device")]SHOW FULL COLUMNS FROM `tc_postmeta`
WordPress database error: [Can't create/write to file '/var/tmp/#sql_4f751_2.MAI' (Errcode: 28 "No space left on device")]SHOW FULL COLUMNS FROM `tc_postmeta`
काठमाडौं, जाडोमा धेरै मानिसकाे समस्या अाफ्नाे छालासँग सम्बन्धित हुन्छ। फुस्रो र रुखो हुने समस्याबाट धेरै मानिस हैरान हुन्छ। तर, यसकाे समाधान पनि छ। घरेलु विधिबाटै हामी आफ्नो त्वचाको स्याहार गर्न सक्छौं। निम्न उपायहरुबाट जाडाेलार्इ च्यालेन्ज गर्न सकिन्छ।
१, एक चम्चा ओलिभ ओइलमा आधा चम्चा चिनी मिसाएर फेसमा मसाज गर्ने। यसले स्क्रबको काम गर्छ। त्यसपछि दही र मह मिसाएर फेसमा लगाएर १५–२० मिनेट राखेर पखाल्ने। यसले फेसलाई नरम र चम्किलो बनाउँछ।
२, जाडोमा ज्यादै तातोपानीले भन्दा मनतातो पानीले नुहाउने र मोइस्चराइजर लगाउने। यसले छालालाई फुस्रो हुनबाट बचाउँछ।
३, दुई–दुई चम्चा ग्लिसरिन, घिउँकुमारी, कागतीकाे रस र गुलाबको रसलाई मिसाएर आधा घण्टा जति राख्ने र त्यसलाई राति सुत्नुअघि मुहार, हात र खुट्टामा लगाउँदा छालालाई फाइदा गर्छ। यसरी बनाएको क्रिमलाई १ हप्तासम्म चलाउन सकिन्छ।
४, नरिवलको तेल, देशी बदामको तेल, घिउँकुमारीको रस र दुई वटा भिटामिन र्इ क्यापसुल मिसाएर बनाएको पेष्टलाई ३० मिनेट राख्ने अनि छालामा लगाउँदा यसले छालालाई नरम, चम्किलो र मुलायम बनाउँछ।