काठमाडौ विप्लव माओबादी निकट अखिल क्रान्तीकारीका अध्यक्ष पुर्ण बहादुर सिंहले बेलगाम शैक्षिक संस्थालाई निशाना बनाउने दाबी गरेका छन् ।उनकाे शिक्षा ऐन संशोधन र बिद्यार्थि धारणा बारे यस्ताे छ । अनियन्त्रित शैक्षिक संस्थाको सुचि पल्टाउदै सिंहले (सिबिएससी) सेन्ट्रल बोर्ड अफ सेकेण्डरी एजुकेशन निशानाको पहिलो प्राथमिकतामा रहेको बताए ।
पहिलो सिबिएसइ बोर्ड
मोर्डन इण्डियन, चाँदबाघ, राइस्कुल, दिल्ली पब्लिक, डि.ए.भि. लगायतमाथि आफुहरुको गंभिर ध्यानाकर्षण भएको सिंहको आशय थियो । बिद्यार्थिहरुलाई दिइने शिक्षा, संस्कार,परम्परा र रितिरिवाज देखि पाठ्यक्रम एबं ब्यवहारिक बिषयलाई अहिले पनि भारतिय फ्रेमबाटै तयार गरिएको उनको जिकिर छ । शिक्षा ऐन संशोधनका बिषयमा निकै ठुलो चलखेलको कुरा सुनिएको र आफुहरु त्यसको बास्तबिकताबारे अध्ययनमै रहेकाले अहिले धेरै बोल्न नमिल्ने सिंहको तर्क छ ।
दोस्रो बिदेशी बिश्वबिद्यालयबाट सम्बन्धन प्राप्त शिक्षणसंस्था
उनले बिदेशी बिश्वबिद्यालयबाट सम्बन्धन लिएका नीजि शिक्षणसंस्थाहरु निशानाको दोस्रो पंक्तिमा रहेको बताए । केहि नीजि शिक्षणसंस्थाहरुले बिदेशमा ढल्नै लागेका बिश्व बिद्यालयबाट सम्बन्धन ल्याएर नेपालको युवाशक्तिलाई महंगो मार पर्ने धन्दा अपनाएको टिप्पणी गरे । एसिइ इन्स्ट्च्यिुट, युलियन्स,बुढानिलकण्ठ स्कुल काठमाडौ, चेल्सी इन्टरनेशनल, जेभियर इन्टरनेशनल, ट्रिनिटी इन्टरनेशनल जस्ता नाम चलेका शिक्षणसंस्था देखि बिद्यार्थिले केहि समय निकै दुख पाएका सिल्भर माउण्टेन र खासै चर्चामा नरहेका गरि ९६ ओटा त्यस्ता शिक्षणसंस्था नेपालमा छन् ।
तेस्रो महंगो शुल्क असुल्ने शिक्षणसंस्थाहरु
सिंहले कतिपए नीजि शिक्षणसंस्थाहरुले मनपरि शुल्क असुली गर्ने क्रम अहिले पनि नरोकेकाले त्यस्ता शिक्षणसंस्थाहरु समेत आफुहरुको निगरानीमा रहेको बताए । उनले राजधानीका केही क श्रेणिका शिक्षणसंस्थाहरु भारीभरकम संरचना, तारे होटलको सुबिधा र गुणस्तरिय शिक्षाका नाममा अभिभावकबाट मनपरि शुल्क असुलीमा रहेकाले त्यतापट्टी पनि आफुहरुको प्रहार केन्द्रित हुने दाबी गरे ।
चौथो मेडिकल कलेज
देशको दक्ष जनशक्ति उत्पादनका नाममा मेडिकल कलेजहरुको दादागिरी अस्वभाबिक रुपले बढेको भन्दै अखिल क्रान्तीकारीका अध्यक्ष सिंहले उनिहरुको मनपरि शुल्क असुलीको रमिते बन्न नसकिने बताए । माथेमा आयोगको प्रतिबेदन, शुल्क सम्बन्धी नेपाल सरकारको निर्णय र सर्बोच्च अदालतको अन्तरिम आदेशलाई समेत मेडिकल कलेज सञ्चालकहरुले धोति लगाइदिएकाले त्यसको उचित जवाफ अखिलक्रान्तीकारीले दिने उनको जिकिर छ । मेडिकल कलेजमा एम बि बि एस अध्ययनका लागि निर्धारित शुल्क ३५ लाख भएपनि सञ्चालकहरुले ६० लाख सम्म लिने गरेको सिंहले बताए । गुणस्तरको रटान लगाउने कतिपए मेडिकल कलेजहरुले मेरिट लिस्ट भन्दा पैसाको आधारमा भर्ना गर्ने गरेको सिंहको आरोप छ ।एशियन समाचार बाट