शान्तिपूर्ण नेपालबन्दका क्रममा नेत्रविक्रम चन्द विप्लव माअाेवादीका देशभरिबाट दर्जनाै नेता कार्यकर्तालार्इ प्रहरीले गिरफ्तार गरेकाे छ ।गिरफ्तार गरिएका नेता कार्यकर्ता रिहाइका लागि भन्दै विप्लव माअाेवादीले अाज नेपालबन्द कार्यक्रम राखेकाे हाे ।
त्यही बन्दका क्रममा राजधानीका विभिन्न ठाउँबाट अाफ्ना नेता र कार्यकर्ता गिरफ्तार भएकाे विप्लव माअाेवादीले बताएकाे छ ।राजधानीस्थित रत्नपार्कबाट जनगणतान्त्रिक मंचका अध्यक्ष राजु कार्कीसहित झण्डै एक दर्जन नेता कार्यकर्ता, कलंकीबाट अखिल नेपाल क्रान्तिकारी मजदुर संघका अध्यक्ष याेगेन्द्र कुमालसहित अाधा दर्जन कार्यकर्तालार्इ प्रहरीले गिरफ्तार गरेकाे छ ।
त्यसैगरी ललितपुरकाे ग्वार्काेबाट जम्बाे सेर्पासहित ३ जना, बालाजुबाट अखिल क्रान्तिकारीका सुमन अधिकारी, मीन चलाउने र चन्द्र बुढासहित ५ जनालार्इ पनि प्रहरीले गिरफतार गरेकाे छ ।उता भक्तपुरबाट जन परिसद प्रमुख कृष्णराम खड्का, सविन पुलामी मगरसहित ३ जनालाई पनि प्रहरीले गिरफ्तार गरेकाे त्यहाँबाट हाम्रा संवाददाताले जनाएका छन् ।
भर्खरै कलङकीबाट काठमाण्डौ जिल्ला अन्तर्गत ईलाका नम्बर ८ का सेक्रेटरी बिजयलाई पनि प्रहरीले नियन्त्रणमा लिएकाे छ ।यी सबै नेता कार्यकर्तालार्इ शान्तिपूर्ण बन्दका क्रममा प्रहरीले गिरफ्तार गरेकाे विप्लव माअाेवादीले बताएकाे छ ।