–कास्की २५ माघ
मगर चलचित्रकी नायिका १९ वर्षीया योरुना पुन ‘नेहा’ को हत्यारालाई प्रहरीले सार्बजानीक गरेको छ । हत्याको अभियोगमा पोखरा नयाँ सडकका सतिश खडगी पकरऊ परेका थिए । खडगीले नेहाको हत्या गरेको स्वीकार गरिसकेका छन । सेक्स प्रस्ताव नमानेपछि आबेगमा आयर खड्गीले हत्या गरेको प्रहरीले बताईएको छ ।
कास्की प्रहरी प्रमुख हरि बहादुर पालले धर्म दाई नाता पर्ने खड्कीले नेहाँसँग यौन प्रस्ताव राखेको र त्यसलाई उनले अस्वीकार गर्दा आबेगमा आएर हेलमेट प्रहार गरेर हत्या गरेको खुल्न आएको बताए छन। उनका अनुसार अभियुक्तले झोकको भरमा हेल्मेटले हान्दा मृत्यु हुन पुगेको स्वीकार गरेका छन् ।‘खड्गीले नेहामाथि अस्लिल हर्कत गर्न खोजेको र नेहाले त्यसको प्रतिवाद गर्दा हेलमेटले हानेर नेहाको हत्या गरेको अभियुक्तले स्वीकार गरेको छ,’ पालले भने ।
नेहाको हत्या रहस्यमय भएको र हत्यामा संलग्नलाई पक्राउ गरेर कडाभन्दा कडा कारबाही गर्न माग गर्दै कास्की प्रहरीमाथी दवाव पर्दै आईरहेको थियो ।मृतक पुन पोखराको न्युरोडस्थित स्माईल क्याफेमा लेखामा कार्यरत थिईन् । दैनिक बिहान काममा जाने र राती ७ बजे फर्कने उनी १८ गते घर नफर्के पछि अबिभाबकहरुले ब्यापक खोजी गरेका थिए ।
उनिबिहान पख नजिकै मृत अबस्थामा भेटीएकी थिईन । प्रहरीले हत्याराको खोजी गर्ने क्रममा पोखरा नयाँ सडकबाट खडगीलाई गिरफतार गरेको थियो । उनी दुई दिनअघि नै पक्राउ परेको र अनुसन्धानबाट उनले नै हत्या गरेको खुल्न आएपछि आज प्रहरीले पत्रकार सम्मेलन गरेर सार्वजनिक गरेको हो ।
(